गौरीगंज ८, पुस/ गौरीगञ्जमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी र जनप्रतिनिधिहरुको समन्वयबाट पालिकाको विकास निर्माण कार्य तिब्र बनाउन आग्रह गरेका छन् ।
सयदिने विशेष सांगठनिक अभियान अन्तरगत आयोजित नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिले शनिवार आयोजना गरेको गाउँ सम्मेलन कार्यक्रमका सहभागी बक्ताहरुले स्थानीयबासीको आवश्यकताको प्राथमिकता पहिचान गरेर पार्टी र जनप्रतिनिधिको समन्वयमा विकास निर्माण एवं जनजिविकाका सवालमा प्रभावकारी काम गर्न आग्रह गरेका हुन् । झापा जिल्ला प्रतिनिधि तथा झापा क्षेत्र नं. ४ का क्षेत्रिय सभापति जयनारायाण साहले पार्टी र जनप्रतिनिधिबीच समन्वयकारी भुमिका हुनुपर्ने धारणा राखेका थिए । आम नागरिकको जनजिविकाका सवालहरुमा र विकास निर्माणका कार्यहरुमा जनप्रतिनिधि र पार्टीपंत्ति एकढिक्का भएर अघि बढ्न नसकेको औल्याउँदै त्यस तर्फ सबै लाग्नु पर्ने बताए । क्षेत्रिय सभापति साहले भने ‘ पालिकाको वजेट निमार्ण गर्नु अघि पार्टी पंत्तिसंग व्यापक छलफल चलाउनुस, आम पार्टी कार्यकर्ताको अपेक्षा बुझ्नुस र त्यसपछि बजेटको खाका बनाउनुस् । उनले थप एक अर्को प्रसंगमा बोल्दै जिल्ला प्रतिनिधिसमेत रहेका साहले भने – ‘ वजेट निर्माण गर्ने समयमा हामीलाई पनि बोलाउनुस २ घण्टामा वजेट बनाउदिउला ।’
नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी लिम्बूले जनताको हितमा जनप्रतिनिहरुले काम गर्न आग्रह गरिन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी लिम्बुले गौरीगंजमा जनप्रतिनिधि र पार्टी पंत्ती एक नभएको गुनासो पोखिन् । केन्द्रिय सदस्य लिम्बुले जनताको र पार्टी कार्यकर्ताहरुको सवालमा हाम्रा जनप्रतिनिधिहरुले खुलेर काम गर्न आग्रह गरिन ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष एवं कांग्रेस कोशी प्रदेश सदस्य फूलवती राजवंशी, जिल्ला प्रतिनिधि एवं झापा क्षेत्र नंं.४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाह, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, गौरीगञ्ज १ का वडाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कात्तिकलाल राजवंशी, पूर्व जिल्ला सदस्य तथा निवर्तमान गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापालगायतले शुभकामना मन्तब्य राखेका थिए । महासमिति सदस्य टंक विश्वकर्मा, नेपाल सांस्कृतिक संघ केन्द्रीय सदस्य दिलबहादुर बुढाथोकी, पूर्व जिल्ला उपसभापति देवी प्रसाद राजवंशी, जिल्ला सदस्य मखना महतो, जेठा मुर्मु, झापा क्षेत्र नं. ४ ‘क’ का उपसभापति गोपालचन्द्र सिंह राजवंशी, झापा क्षेत्र नं. ५ ‘क’ का उपसभापति आत्माराम राजवंशी, वार्ड नं. ६ का वडा अध्यक्ष तथा वडा सभापति बद्रीनारायाण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, रम कुमारी विक ,नारायण खतिवडा, नेत्र राजवंशीलगायतको सहभागीतामा भएको कार्यक्रममा सहभागीका तर्फबाट कल्पना थापा, नौताली राजवंशी, राजकुमार राई, रोशन यादव, दिक्षा कोइराला, राजेन्द्र ताजपुरिया, गोपाल प्रसाद ताजपुरियालगायतले जिज्ञाशा एवं विभिन्न सांगठनिक समस्याहरु राखेका थिए ।
नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिका सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गोपाल ताजपुरिया र सञ्चालन गंगाप्रसाद राजवंशीले गरेका थिए ।