९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

झापामा चट्याङले लागेर एकै दिन तीन जनाको मृत्यु



झापा , ११ असार / झापामा चट्याङले लागेर मंलवार तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापाको कमल गाउँपालिका, झापा गाउँपालिका र गौरीगंज गाउँपालिकामा एक-एक जना गरी आज एकै दिन तीन जनाको मृत्यु भएको हो ।

गौरादह नगरपालिका वार्ड नं. ८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान पौने ९ बजेको समयमा गौरीगंज ३ स्थित तेलगानीमा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा उनीमाथि चट्याङ परेको थियो ।

आजै बिहान कमल गाउँपालिका २ स्थित समाईगढमा ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर मृत्यु भएको छ। खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

त्यस्तै झापा गाउँपालिका वडा नं ४ दोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो । आज बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  ८ : ५४ बजे