२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गौरीगंज गाउँपालिकाद्वारा सञ्चालित ४० दिने निःशुल्क लोकसेवा आयोग पूर्व तयारी कक्षा सम्पन्न



गौरीगंज १६, जेठ / गौरीगंज गाउँपालिकाद्वारा सञ्चालित ४० दिने निःशुल्क लोकसेवा आयोग पूर्व तयारी कक्षा आज सम्पन्न भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै गौरीगंज गाउँपालिका प्रमुख फूलवती राजवंशीले निजामती सेवामार्फत जनताको सेवा गर्न ईच्छुक विद्यार्थीहरुलाई आधार स्तम्भ निर्माणका लागि कार्यक्रम तालिम सञ्चालन गरिएको बताईन् ।

उनले उत्साह र मेहनतका साथ अध्ययन गरेर लोक सेवा आयोगको परिक्षामा उत्तिर्ण गरि निजामती सेवामा लाग्न आग्रह गरिन । आगामी दिनमा पनि विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता गाउँपालिका अध्यक्ष राजवंशीले व्यक्त गरे।

उनले लोक सेवा आयोगको सामान्य आधारभुत ज्ञान बारे जानकारीका लागि कक्षा सञ्चालन गरिएको भन्दै निजामती सेवामा प्रवेशका लागि अझ मेहनतका साथ अध्ययन गर्न आग्रह गरे ।

तीन दर्जन भन्दा बढी प्रशिक्षार्थी सहभागी भएको तालिममा सहभागि विद्यार्थी इन्दिरा शर्माले गाउँपालिकाले निःशुल्क रुपमा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिइन । सिएससिआई दमकको सहकार्यमा सञ्चालित ४० दिने निशुल्क लोक सेवा पूर्व तयारी कक्षाको ८ जना विषय विज्ञहरुले प्रशिक्षण दिएका थिए । सिएससिआई फाउण्डेसन दमकका प्रिन्सिपल राजु गौतमले तयारी कक्षा सञ्चालनका लागि लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत प्रशिक्षण दिएको बताए । उनले भने, ‘लोक सेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन गरेका थियौ ।’ समापन कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, सिएससिआई फाउण्डेसन दमकका प्रिन्सिपल राजु गौतम, आर्किटेक इन्टेरियर डिजाइनर अभिशेक दास , गाउँपालिकाका इन्जिनियर राकेश राजवंशी, तालिमका संयोजक मदन अधिकारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ९ : ०१ बजे