१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इण्डोनेसिया पराजित


२० चैत्र २०७२, शनिबार  

0
Shares

 

 

 

काठमाडौं  २०indo, चैत्र /कतारमा जारी एसियन समुदायस्तरिय फुटबल लिग प्रतियोगितामा नेपाली टिमले इण्डोनेसियालाई ६-१ ले जितेको छ ।

कतार फुटबल एशोसियसनद्वारा आयोजित लिग प्रतियोगितामा शुक्रबार राति दोहाको अलथुमामस्थित मैदानमा भएको खेलमा नेपालले सहज जित हात पारेको हो ।

खेलको २७ औं मिनेटमा गोन्बिद राईले पहिलो गोल गर्दै खाता खोलेका थिए । दोश्रो गोल ३७ औं मिनेटमा अर्जुन सुब्बाले गरेका थिए । ४२ औं मिनेटमा इण्डेनिसयाले पाएको फ्रि–किकलाई गोलमा परिणत गरेपछि पहिलो हाफको खेल २-१ मा सकिएको थियो ।

दोश्रो हाफमा नेपाली टिमले झनै सशक्त खेल प्रदर्शन गरेको थियो । बललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राख्दै विपक्षी माथि निरन्तर कडा प्रहार गरेको थियो । दोश्रो हाफका सुरुमै गोबिन्दले पुन: गोल थप्दै टिमलाई अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७२, शनिबार  २ : ०० बजे