![](https://kochilanews.com/wp-content/uploads/2020/11/20200423_112044-scaled-1-1024x768.jpg)
गौरीगंज २९, वैशाख / गौरीगंजमा आज १२ बजे रातीदेखि पुर्णरुपमा लकडाउन हुने भएको छ । गाउँपालिकाको सिसिएमसिको आज बसेको बैठकले बुधबार मध्यरात १२ बजेदेखि जेष्ठ ३ गते सोमवारसम्म पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सम्पुर्ण हाट बजार तथा पसलहरु, बैंक तथा वित्तीय संस्थाहरु, संघ संस्था कार्यालयहरु, निजी तथा सार्वजनिक सवारी साधनहरु बन्द रहने छन् ।
![](https://kochilanews.com/wp-content/uploads/2021/05/gaupalika-745x1024.jpg)