१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

लोप हुदै राजबंशी भाषा र संस्कृति


१५ चैत्र २०७२, सोमबार  

0
Shares

पुर्णिमा राजवंशी

 

पहिलेको समय भन्दा अहिलेको समय धेरै कुरामा फरक छ । पहिले भने शारिरिक शक्तिले हरेक कामकाज जस्तो धानलाई चामल बनाउन मिल थिएन घरमै ढिकी र ओखलीमा कुट्थे काही जानु पर्दा पैदलनै यात्रा गर्थे। अहिले जस्तो गाडी र मोटरसाईकल थिएन। अहिलेको समय मेसिन र इन्जिनको रहेछ यि कुराहरु प्रिवर्तन स“गसगै आÏना संस्कृती र परम्परा पनी परिवर्तन हुदै छ । यो परिवर्तनलाई के–को रुपमा लिनु, अहिलेका युवायुवती धेरै जान्ने बु¤ने भएर कुनै अन्धविश्वास जस्तो कुरालाई नमानिएको भनौ या पुराना रितिरिवाज,संस्कृतीलाई वास्ता नगरेको भनौ विस्तारै–विस्तारै सबै लोप हुदै गईरहेका छन् । हाम्रा हजुरवुवाहरुले मान्दै आएका  संस्कृतीलाई पुरानो फेसन विदेशी डिजाइन र भाÈालाई नया“ किन हुदैछ यस्तो एकचोटी सबैले भित्री रुपमा सोच्नै पर्ने कुरा हो । यसरी आÏना सस्कृतिलाई बिर्सिदै गए भने हाम्रो कुनै अस्तिव नै रहदैन एक राजबंशी जातीको मात्र समस्या होइन यो समस्या सबै जातजातीमा भएको पाइन्छ । यसरी नै राजबंशी जातीको हुन किन राजबंशीलाई आदिबासी भनिन्छ । पहिला कस्तो थियो रहनसहन ?के थियो परम्परा ?किन हुदैछ लोप ? नेपालको विभिन्न ठा“उमा छरिएर रहेपनि सुदुरपुर्वी तराई मोर¨का आदिवासी वा मुलवासी हुन । अतःराजवंशी जातीलाई नेपालका आदिवासी भनिन्छ । नेपाली राजवंशीहरु तत्कालीन मोर¨का आदीम  भुमिपुत्र हुन ।  मेरो भन्ने शब्दलाई राजवंशीमा मोर भनिन्छ र ‘रमाइलो’ शब्दलाई ‘रंग’ वा हाउस रंग शब्दलाई राजवंशी भाषामा पनि रंग नै भनिन्छ । (मोर ं रंग) मोरङ राजवंशी शब्द हो । जसलाई मोर¨, जिल्ला भनेर नाम राखिएको थियो झापा र मोर¨ जिल्लामा, चौधरी, कोचकाहाल,बंहा राजवंशी, वर्मन, डम, हारी, माझी, ग्वाल, देशिया, सुडी, तेली, वैरागी, अघोरी माक्रा, गोस्वामी, केवरत, नाउ, हल्वाई, आदी थर भएका जातीहरुको बोल्ने मातृभाÈा हो जसलाई राजवंशी भाÈा भन्दछन् ।जात बेग्लै भए पनि भाÈा संस्कृती मिल्न जान्छ । झापा र मोर¨ जिल्लामा बसोवास भएको ताजपुरियाहरुको भाÈा र संस्कृती राजवंशी झाषास“ग मिल्छ । (वि.स.२०५८)को जनगणना अनुसार राजवंशी भाÈा बोल्नेको संख्या
झापा जिल्लामा ८४,८४६ रहेको तथ्यांक झापा जिल्ला विकास समीतीद्धारा प्रकासित डिस्ट्रिक प्रोफाईलमा देखिन्छ । तर (२०६८)को जनगणनामा राजवंशी भाÈा बोल्नेको संख्या घट्दै गएको छ । किनभने झापा जिल्ला विकास समितिको कार्यलय भद्रपुरद्धारा प्रकासित “झापा जिल्ला एक झलक” ले राजवंशीको संख्या झापा जिल्लामा (५८०२४) मात्र देखाएको छ ।यो दश बर्षको अन्तरालमा झापा जील्लामा राजबंशीको संख्या घटेको पाइन्छ । यो घटेका राजबंशी के भए? काहा हराए ? यसको खोज— खबर कसैस“ग छैन । नेपालमा मात्र नभएर भारतमा पनि राजबंशीको बसोबास छ । राजवंशी साहित्य, संस्कृती, उत्थानकालागी तराईका नेपाली राजवंशीहरुले वि.स. २०३९ साल(पञ्चायती व्यवस्थाको शासनकाल) मा राजवंशी भाÈा प्रचार समिति नामक संस्था स्थापना गरेका थिए । संस्थाका सम्पादक अध्यÔ फुलसिंह राजवंशी जी ले संचालन गर्न भएको थियो । राजवंशी भाÈा संस्कृति जर्गेणा गर्नुपर्छ भन्ने उदेश्यले गरेका थिए । तर अहिले आएर यो नाम बदलेर राजवंशी समाज विकास समिति राखिएको छ । यसमा पनि आÏनो धर्म भाÈा संस्कृति  बचाउने उद्येश्य लिई संचालन गरेको भन्छन तर काम भने नाचगानमा मात्र सिमित छ । त्यतिले मात्र कहा“ पुग्छ आÏनो भाÈा संस्कृित जोगाउन नाचगान फेसन सो ले मात्र पुग्दैन अब केहि गर्छन होला किनकी संस्थाको नाममा जग्गा प्राप्त भएको छ । भवन निर्मान गर्ने निर्णय भएको छ सहयोग गर्न चाहनु हुनेहरु अवश्य सम्पर्क गर्नु होला रा.स.बि.स जिल्ला कार्यालय झापा ।  हुनत अहिले २१ औ शताब्तिमा आएर बदल्नु पर्छ । भेÈभुÈा चलन अनुसार चल्छन् तर आÏनो सानै देखि बोलिने मातृ भाÈा समेत बोल्न लजाउ“छन् किन यस्तो भएको होला ? हाम्रा हजुरबुवांं हजुरआमाका बेला गाउ“मा ठुलो इज्जत हुन्थ्यो देउनिया चौधरी प्र्रधान नामले चिनिथ्यो । चाडबाडका बेला साह्रै रमाईलो हुन्थ्यो राजबंशीहरुको महान चाड सिरुवा बैसाख महिनामा मनाउने गरिन्छ । पहिलो दिन पानी सिरुवा दोस्रो दिन काद सिरुवा पहेलो माटो भिजाएर हिलो बनाइ एक आपसमा जिउमा हिलो लगाउने त्यही दिन घरका कुल देवतालाइ प्रसाद चढाइन्छ अन्तिम दिन रङ्ग सिरुवा खेलिन्छ साथै गाउ“घरमा हुने थानलाइ ग्रामथान  भनिन्छ । सिरुवाको बेला ग्रामथान भएको ठाएमा मेला लाग्ने गरिन्छ पहिला मेला एक रोचक तथ्य हुन्थ्यो त्यति बेला गोरु गडा लिएर सबै परिवार मेला जान्थे त्यो गाडिको नाम सम्पनि गाडि हो । त्यो गाडि फरक किसिको हुन्थ्यो बिभिन्न सामग्रीले र रङ्गले सजाएको हुन्छ । अहिले आएर यसको नाम निसान छैन पहिला मेला जानलाई महिलाहरु जिउ भरि गरगहना लगाउने गर्थे हातका नाडिमा सुनका तथा चादीका चुरा पाखुरामा सिपीतार,बाघ त्यसैगरी घाटीमा गोठ,हार खुट्टामा मोटा मोटा पाउजु ,छारा लगाउने गर्थे अहिले यो एउटा कथा जस्तै मात्र जस्तो लाग्छ भन्दा तर यो सत्य तथ्य हो । अहिले आएर सबै लोप भएर गएका  छन् पुर्खाले दिएका कुरालाई संरक्षण गर्नु हामो्र कर्तब्य हो । नभएर या पुरानो फेसन भनेर किनभने अहिले बिदेशी सस्कृति र फेसनलाई अंगालिएका छन । सबैले सोच्नै पर्ने कुरा हो आºना सस्कृतिलाई पछाडि पारेर अरुको सस्कृतिलाई अपनाउनु भनेको आºनो अस्तिव गुमाउनु हो । राजबंशी महिलाहरुको जातीय पोशाक पेटानी ,बरहती, सारी, ब्लाउज, चादर हो । पेटानी पाच“ हात लामो र तिन हात चौडाई भएको हुन्छ यसलाई छातीमा बा“ध्छन अहिले यसको प्रयोग छैन भन्न मिल्दैन कति बेला लगाउ“छन भन्दा मात्र कुनै कार्यक्रम छ भने यसो फेसनसो देखाए जस्तो गर्छन । राजबंशी जातीको पहिला बिवाह हुने बेला बेहुलीले रङ्गिबिरङ्गी सारी लगाउने चलन थिएन बरहती हुन्थ्यो सोह्र हात लामो जिउमा लाउने सोह्र हात लामो अनुहार छोप्ने हुुन्थ्यो मोटो र गुलाबी रङ्गको हुन्छ । बेहुलीको अनुहार देखिदैनथ्यो तर अहिले रङ्गीबिरङ्गी सारी र घाग्रा चोलीरे घुम्टो पनि नामको मात्र नेटको हुन्छ पुरै अनुहार देखिने यो सब बाहिरी संस्कारको देखासिकी हो । त्यसरी नै राजबंशी केटाको बिहेमा बेहुलाले गुलाबी रङ्गको गन्जी र धोती लगाउ“थे र खुट्टामा रङ्ग लगाएर खरङ काठको चप्पल बिशेÈ गरी बेहुलाको लागी बनाएको हुन्छ साथै सिरमा कपडाकै टोपी बनाएर लगाउनु पथ्र्यो ताकी सिर कहिलै नझुकोस भनेर तर अहिले कोट र पाइन्ट लगाएर बिहे गर्छन् । यो सब बाहिरी संस्कृतिबाट आएको हो अहिले जुन स्यम्वर गरिन्छ यो राजबंशी संस्कृति भन्दा बाहिर को हो । आºनो भाÈा संस्कृतिलाई बिर्सेर अरुको नक्कल गर्नु आºनो अस्तित्व गुमाउनु हो । भाÈँ संस्कृति संगै खाने परिकारहरु समेत लोप हुदै गएको छ । पहिला कम्पोष्ट मल यानिकी गोबर मल लगाएर बालीनाली गर्थे तर अहिले सब थोक रासायनिक मलको प्रयोग नगरिकन केहि उब्जाउ नै हुदैन । पहिला सबै स्वस्थ्य र निरोगी हुन्थे अहिले भने म रोगी छैन भन्ने कोही नै हुदैनन् कुनै न कुनै रोगले पिडित छन्  । राजबंशी जातीको खानपिनहरु पेल्का,फोदको,खारी,भाक  ,पिठ,सुकाती, दर्कच,अदरी,पअ,कान्जी,बरी,पेरपेरी,दोभाजाचाउ,गाजीमुरी ,खिर,खिचडी,खेवा, यी साहाकारी खानपिन हुन । का“खर,सितु,गुन्जुर,सिदल, आदि हुन यी कतिपय खाने कुराको नाम सुन्दा नि अचम्म मान्छन अहिलेका युवायुवती पकाउनु र खानुको कुरै नगरौ स्वाद पनि थाहा छैन पुर्खाले नसिकाएको भनौ या युवयुवतीले ध्यान नदिएको समय संगसगै हरेक गतिविधीहरु परिवर्तन भइरहेको छ । म पनि एउटा राजबंशीको छोरी हु मलाई आङ्खनो भाषा सस्कृति के हो ?हामी कहा“का  हौ ? हरेक कुराको जानकारी लिनलाई म मेरो हजुरबुवा वा अग्रजहरुसंग सिक्न जरुरी ठान्छु र सोधिराखेको छु । मलाई जातीको घेरै कुरा थाहा थिएन खोज्ने क्रममा धेरै कुराहरु जाने सिके र बुझे पनि हो यसरी नै तपाईहरु पनि आजै देखि आङ्खनो भाषा संस्कृतिको बारेमा खोज तलास लिनुस् र संरक्षण गर्नुस्  हामीले  नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने भनाईलाई पछयाउदै अगाडि बढनुस ।

प्रकाशित मिति : १५ चैत्र २०७२, सोमबार  ७ : २३ बजे