१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुलाकी सडकमा निर्माण गरिएका नालामा गुणस्तरहीन वालुवाकाे प्रयाेग, स्थानियले गरे विराेध



गाैरीगंज १२, साउन / निर्माणाधिन हुलाकी सडक अन्तर्गत गाैरीगंज गाउँपालिका वार्ड – ३ गाैरीगंज चाैक देखि पश्चिममा बनाईएकाे नालामा गुणस्तरहीन बालुवा प्रयाेग भएकाे पाईएकाे छ ।
निर्माण गर्दै गरिएकाे नालामा रतुवा खाेलाकाे बालुवा प्रयाेग गरेकाे स्थानियले थाहा पाएपछि आज ठेकेदारले निर्माण कार्य राेकेकाे छ । निर्माणाधिन नालाकाे पलस्टर गर्न ठेकेदारले रतुवा खाेलाकाे बालुवा अाेसारेकाे देखेपछि स्थानियहरूले निर्माण कार्यमा अवराेध पुर्याएका थिए । उनीहरूले कुनै पनि हालतमा रतुवा खाेलाकाे वालुवा प्रयाेग गर्न नदिने बताएका छन् ।
स्थानिय देवी थापाले रतुवा खाेलाकाे बालुवा प्रयाेग गर्न नहुने बताए । गुणस्तरहीन सामग्री प्रयाेग गरियाे भने पछि नाला छिट्टै भत्किने भएकाेले कुनै पनि हालतमा रतुवा खाेलाकाे वालुवा प्रयाेग गर्न नहुने बताए । रतुवा खाेलाकाे वालुवा ल्याउँदा पेटी ठेकेदारलाई पैसा नलाग्ने तर त्यसकाे भुत्तानी माथलाे ठेकेदारसंग लिने याेजना अनुरूप यस किसिमकाे लापरवाही गर्ने गरेकाेले निर्माण कार्यलाई तुरून्त राेकी गुणस्तर वालुवाकाे बन्दाेवस्ती गर्न स्थानियहरूले माग गरेका छन् । वालुवाकाे विषयमा पेटी ठेकेदार जिवन भट्टराईसंग बुझ्न खाेज्दा फाेन सम्पर्क हुन सकेन । तर उनकै एक कर्मचारीले अबदेखि रतुवा खाेलाकाे वालुवा प्रयाेग नगर्ने बताए । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष मखना महताेले रतुवा खाेलाकाे वालुवा प्रयाेग गर्न नदिने बताए । स्थानियहरूले निर्माण कार्यमा अवराेध पुर्याएकाे थाहा पाएपछि निर्माण कार्य गर्दै गएकाे स्थानमा पुगि तत्काल रतुवा खाेलाकाे वालुवा प्रयाेग नगर्न भनेका थिए । माेदी दान कन्ट्रक्शनले गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडक ठेक्का लिए पनि सडककाे खण्ड खण्डमा विभिन्न पेटी ठेकेदारलाई सडक, नाला र कल्भर्ट निर्माण गर्न ठेक्का दिएकाे छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : ०२ बजे