४ असार २०८२, बुधबार | Wed Jun 18 2025

कांग्रेसमा अब नयाँ उर्जा आउने : प्रवक्ता शर्मा


२७ माघ २०७४, शनिबार  

0
Shares

congress gaurigunj

गौरीगञ्ज २७, माघ / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई अब नयाँ उर्जा दिनु पर्ने आवश्यकता औल्याएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ले शनिवार झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजना गरेको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै प्रवक्ता शर्माले कांग्रेसको अहिले सम्मको परिपाटीलाई परिर्वतन गरि अब नयाँ ढंगले पार्टीलाई अप्रेसन गर्नु पर्ने खाँचो ओल्याए । उनले त्यस्तो अप्रेशन अव तल जरैबाट शुरु हुने र त्यस्तो अप्रेशन नगरिसम्म पार्टी मजवुत नहुने जिकीर गरे ।

शर्माले अबको पाँच बर्ष कांग्रेस सभ्य प्रतिपक्षको भूमिकामा रहेर आफ्नो संगठन निर्माणमा लाग्ने बताए । उनले भने ,–‘ कांग्रेसलाई पूनर्जिवन दिनको लागि अब सबै कार्यकर्ताहरुले नयाँ सोच र नयाँ ढंगबाट काम गर्नु पर्ने खाँचो छ ।’
कांग्रेसको नेतृत्वमा मुलुकका हरेक परिवर्तन संभव भएको उल्लेख गदंै प्रवक्ता शर्माले भने,–‘ मुलुकको अहिलेको आर्थिक र समाजिक परिवर्तन पनि कांग्रेसकै कारण सम्भव भएको छ । अब प्रतिपक्षमा भएर पनि त्यसलाई पूरा गछांै ।’
कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोईराला प्रधानमन्त्री भएकै समयमा कांग्रेसले समावेशीताको अभियान सुरु गरेको जोड दिदै प्रवक्ता शर्माले पछिल्लो समय संबिधान जारी भएपछि पनि मधेसमा लागेको आगो पनि कांग्रेसलेनै शान्त पारेको स्पष्ट पारे ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ झापाका पूर्व सभापति पर्शुराम रिजाल, पार्टीका पूर्व जिल्ला कोषाध्यक्ष देवी दाहाल, आत्मराम राजबंशी लगायतले पार्टी संगठन र पार्टीको नयाँ कार्य नीतिका बिषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार  २ : १९ बजे