१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठकाे सरूवा, जसले गाैरीगंज गाउँपालिकालाई प्रविधिमैत्री बनाए



गाैरीगंज १४, चैत / गाैरीगंज गाउँपालिकामा साेमबार हाजिर हुनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्कीलाई आज औपचारिकरूपमा स्वागत गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठलाई सम्मान सहित विदाई गरिएकाे छ । 

जिल्ला समन्वय समिति झापाबाट   आउनु भएका कार्कीलाई गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठ र उपप्रमुख दिपिन्द्र थापाले अविर र  खादा ओढाएर स्वागत गरेका थिए भने सरूवा हुने श्रेष्ठलाईलाई मायाको चीनोसहित विदाई गरेका थिए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. २ का अध्यक्ष अघ्नु राजवंशी, वार्ड नं.३ का वडा अध्यक्ष मखना महताे, वार्ड नं. ४ का वडा अध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद गिरी, वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्हरू रिता तामाङ्ग, राधा अधिकारी,सरिता शेर्पा लगायत वडा सदस्यहरूसहित कर्मचारी समेतको उपस्थिती रहेको कार्यक्रममा वडा सचिव भाेज कुमार अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
विदाई गरिएका श्रेष्ठले वितेका ६ महिनामा गाउँपालिकालाई प्रविधिमैत्री बनाएकाेमा उच्च मुल्यांकन गर्दै काम गर्ने शैलीकाे प्रशंसा गरिएकाे थियाे । उनले गाउँपालिका कार्यालयसहित सबै वार्डमा सिफारिस दस्तुर, राजस्व र कार्यालयकाे सम्पूर्ण कामहरू अनलाईन प्रविधिबाट गर्ने कामकाे शुरूवात गरेका थिए । ‘सबै वार्डमा कम्प्युटरकाे माध्यमबाट अनलाईन मार्फत दस्तुर र राजस्व काट्ने कामकाे शुरूवात यसअघि थिएन,’ वार्ड नं. १ का अध्यक्ष कार्तिक लाल राजवंशीले भने – ‘उहाँ ( सन्ताेष श्रेष्ठ ) अाएपछि गाउँपालिकाका सबै बार्ड प्रविधिमैत्री भएकाे हाे । ‘ प्रमुख प्रशासकिय अधिकृत २०७८ साल भाद्र १७ गते सरूवा भई गाैरीगंज गाउँपालिका अाएका थिए । गाैरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन प्रशासन शाखाका अधिकृत विरेन्द्र खड्काले गरेका थिए ।


प्रविधिमैत्री बन्याे गाउँपालिका

गाउँपालिकाबाट सेवा दिने क्षेत्रहरुमा कम्प्युटर र प्रविधिमार्फत काम हुने गरेका छन् । प्रविधिमैत्री सरकार बनाउने नीति अनुसार गाँउपालिकाले यो कामको थालनी गरेको हो ।
हस्तलिखित तरिकाले काम हुँदा कागजपत्र एक शाखाबाट अर्को शाखामा सदर गर्न पुर्‍याउनुपर्ने बाध्यता थियो तर अहिले एक टेवलको कम्प्युटरबाटै सबै काम गर्न सकिने भएको छ । जसले गर्दा जनताले चाँडै सेवा लिन पाएका छन् ।
प्रविधिमार्फत गरिएका काम पारदर्शी हुनुका साथै छिटो छरितो र केही त्रुटि भएको खण्डमा पनि चाँडो सच्याउन सकिने भएकाले जनताले लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न गाँउपालिकाले यो प्रविधि संचालनमा ल्याएको हो ।

गाउँपालिकाले पहिलो चरणमा कर संकलनको काम प्रविधि मार्फत सुरु गरेको थियो । कर संकलन प्रणाली प्रविधिमार्फत भएपछि इ–हाजिरी, जिन्सी, स्टोर दाखिला, दर्ता चलानी, सिफारिस, लेखाप्रणाली, स्वास्थ्य र शिक्षा शाखासँगै पालिकामा हुने सबै काम प्रविधिमार्फत हुँदै आएको छ ।
अनलाइन मार्फत काम गर्दा दैनिक कार्यप्रगति समेत हेर्न सकिने भएकाले दैनिक कार्ययोजना बनाउन पनि सहज भएको वडा नं. ३ का वडा सचिव गाेविन्द राजवंशीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ५८ बजे