११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंज -३ द्वारा विपन्नलाई राहत



गौरीगंज २१, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले अति विपन्न परिवारलाई अाज शुक्रबार राहत स्वरुप खाद्यान्न वितरण गरेकाे छ ।
कोरोना भाइरसको महामारीबाट प्रत्यक्षरुपमा मारमा परेका वडा भित्रका १५७ जना अति विपन्न परिवारलाई सदस्य संख्या हेरेर खाद्यान्न वितरण गरेकाे हाे ।
काेही भाेकाे नबसुन भन्ने उदेश्यले वार्ड भित्रका अति विपन्न परिवारहरूलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएकाे वार्ड नं. ३ का अध्यक्ष मखना महताेले बताए ।
चार जान सम्मको विपन्न परिवारलाई १० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ केजी तेल, ६ जनासम्मको परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २लि. तेल, र ८ जना सम्मको परिवारलाई २० केजी चामल, २ केजी दाल, २ केजी नुन र २ लि. तेल वितरण गरिएकाे वार्ड अध्यक्ष महताेले बताए ।
वाणिज्य संघका प्रतिनिधिसहतिबसेको सर्वदलयीय वैठकले राहत पाउने अति विपन्न परिवारको नामावली संकलन गर्न सर्वदलिय समिति समेत गठन गरेको थियाे । वार्ड अध्यक्ष महतोको संयोजकत्वमा गठन गरिएको समितिमा गंगा राजवंशी, श्रवण गिरी, यादव रिजाल, निलहरी काफ्ले, राजेन्द्र कार्कीलगायत थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ४ : ४३ बजे