२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

नेपाल बैंक लिमिटेड गौरीगंज शाखाद्वारा जिन्सी सामाग्री वितरण



गौरीगंज ७, चैत/ नेपाल बैंक लिमिटेड गौरीगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामाग्री वितरण गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजलाई सेवा प्रवाहमा सहयोग पुग्ने उद्येश्यले बैंकले जिन्सी सामानहरु वितरण गरेको हो ।
इलाका प्रहरी कार्यालय गौरीगंजको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाल बैंकका प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्टले इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक अरबिन्द कुमार साहलाई उक्त राहात सामाग्री वितरण गरेका थिए । उक्त कार्यक्रममा हेलोजन लाइट २ थान, फायर एक्स्टगुईसर २ थान, डस्टविन ८ थान, कुर्सि ३० थान र वाल्टिन ४ थान प्रदान गरिएको नेपाल वैंक लिमिटेड गौरीगंजका प्रमुख संजय साहुले बताए । कार्यक्रममा नेपाल बैंकका प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आपँगाई, नेपाल वैंक लिमिटेड गौरीगंजका प्रमुख संजय साहु, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक अरबिन्द कुमार साह, गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, गौरीगंज ट्राफिक इन्चार्ज शंकर प्रसाद यादवलगायतको सहभागिता थियो । नेपालको् पहिलो बैंककोरुपमा चिनिएको यसको देशभर २२८ वटा शाखाहरु, २०४ वटा ए.टि.एम साथै ५८ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २४ लाख ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । नेपाल बैंक लिमिटेड गौरीगंजले पछिल्लो करिब २ वर्षदेखि पुरानो जिर्ण भवनलाई मर्मत गरी चिटिक्क, व्यवस्थित र सुविधा जनक भवनबाट बैंकिङ्ग सेवा दिइरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  २ : ११ बजे