३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा चैत ३ गते देखि अखण्ड विष्णु महायज्ञ हुने



गौरीगंज ६, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा साप्ताहिक धार्मिक अनुष्ठान हुने भएको छ । आउदो चैत ३ गते देखि शुरु हुने श्री श्री श्री १००८ अखण्ड विष्णु महायज्ञ जग चैत ९ गते सम्पन्न हुने छ । उत्त धार्मिक अनुष्ठानको हालै शुभारम्भ गरिएको छ । धार्मिक मन्त्र, जप, पूजाआजा र विष्णु भगवानको आराधना गर्दै विधिपूर्वक औपचारिकरुपमा महायज्ञ तयारीको शुरु गरिएको हो । महायज्ञलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न स्थानिय गाउँवासीको सक्रियतामा आयोजक समिति गठनसंगै विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । स्थानिय युवा समाजसेवी संजय लोहनीको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा आत्माराम राजवंशी, लक्ष्मीप्रसाद राजवंशी, सचिवमा मेघराज राजवंशी, सहसचिवमा युवराज राजवंशी र दुर्गाप्रसाद ताजपुरिया, कोषाध्यक्षमा भगिरथ राजवंशी, सदस्यहरुमा राजेन्द्र चौधरी, ताला मुर्मू, राजेन्द्र महतो, सुनिता राजवंशी,बीर बहादुर राजवंशी, लक्ष्मीदेवी साह रहेका छन् । धार्मिक महायज्ञमा विष्णु, गणेश, शिव, पार्वती, सरस्वती, लक्ष्मी, राम , सीतालगायत १०८ प्रकार का भगवानहरुको मूर्ति स्थापना गरिने महायज्ञ समारोहका अध्यक्ष संजय लोहनीले जानकारी दिएका छन् । अध्यक्ष लोहनीले यस धार्मिक महायज्ञमा आफूले सक्ने दान गरेर धार्मिक पुण्य कमाउन साथै महायक्षमा सहभागी हुन समेत सम्पुर्णमा सादर अनुरोध तथा निमन्त्रण गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : १५ बजे