१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चार सय विपन्न परिवारलाई खाट



गौरीगंज १४, माघ / झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ । शिवसताक्षी नगरपालिका वार्ड नं. –४ ले यहाँका चार सय विपन्न परिवारलाई आज एक कार्यक्रमको आयोजना गरी खाट वितरण गरेको हो । विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यताबाट मुक्त होस भन्ने उद्येश्यले खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईँले बताए । काठ र निर्माण खर्च विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको र शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईँले बताए । वडामा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत सम्ुदायको बसोबास रहेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : २७ बजे