१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जिल्ला समन्वय समितिलाई कर्मचारीको विवरण पठाउन तीन दिने अल्टिमेटम


१० कार्तिक २०७५, शनिबार  

0
Shares

karmachari
काठमाडौं १०, कात्तिक / सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

जिल्ला समन्वय समितिअन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिसस कार्यालयका नाममा पत्र काट्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले जिसस (साविकका जिल्ला विकास समिति)मा साविक स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ को प्रावधानअनुसार स्थायी नियुक्ति भएका कर्मचारीको विवरण इमेलमार्फत तीन दिनभित्र अनिवार्य उपलब्ध गराउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार  ७ : ३२ बजे