१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १ : प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित, छलफलकाे चरण सकियाे



विराटनगर १७, फागुन / प्रदेश १ प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । नेकपा एमालेले राखेको कोशी प्रदेशमा संशोधनका लागि बैठक २ घण्टा स्थगित गरिएको हो । 
पहिलो बैठकमा प्रदेशको नाम कोशी प्रस्ताव पारित भएर छलफलको चरण सकिएको छ ।
प्रदेशसभाको बैठकमा नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात लिम्बुवान सगरमाथाको प्रस्ताव भने प्रदेशसभाले अस्वीकृत गरेको थियो । 

एमालेले दर्ता गराएको कोशी प्रदेशमा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाका सांसदले समर्थन जनाएका छन् ।  दुई घण्टापछि बस्ने बैठकमा मत विभाजन हुनेछ । मत विभाजन गर्दा दुईतिहाई मत प्राप्त भए सोही नाम प्रदेशले पाउनेछ । 

दुईतिहाई मतका लागि ६३ मत आवश्यक पर्छ । कोशी प्रस्ताव गर्ने र सहमति जनाउने दलहरूको एमाले, कांग्रेस, माओवादी र राप्रपाको गरी ७८ मत हुन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ३० बजे