१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज सुनसान, ७४ जनाकाे स्वाव संकलन


५ भाद्र २०७७, शुक्रबार  

0
Shares

 

गाैरीगंज ५, भदाै / गाैरीगंज गाउँपालिकामा समुदाय स्तरमा कोरोनाकाे संक्रमण फैलिएकाे पुष्टि भएपछि संक्रमित व्यक्तिकाे परिवारसहित सम्पर्कमा आएका ७४ जनाकाे आज स्वाव संकलन गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षिय पुरूषमा हिजाे काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनकाे सम्पर्कमा आएकाहरूकाे गरिएकाे स्वाव संकलन पीसीआर परिक्षणका लागि धरान स्थित विपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भईरहेकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । संक्रमित व्यक्ति गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे रूवी डिपार्टमेन्टका प्राेपाईटर हुन् । उनकाे डिपार्टमेन्टमा करिब १० जना भन्दा बढी कामदार छन् । संक्रमित युवकलाई गाेठगाउँ स्थित काेराेना अस्पतालकाे आईसाेलेसनमा राखिएकाे छ । उनकाे सम्पर्कमा अाएका व्यक्ति र डिपार्टमेन्टमा एक हप्ता अगाडि पुगेका व्यक्तिलाई कन्ट्याक ट्रेसिङ्गका लागि गाउँपालिकाले सुचना सम्प्रेषण गरेकाे थियाे । संक्रमित व्यक्तिको सम्पर्कमा हालसम्म १२० जना अाएकाे स्वास्थ्य प्रमुख मिश्रले बताए । गाैरीगंज गाउँपालिकाकाे समन्वय र उद्योग वाणिज्य संघ गाैरीगंजकाे आयाेजनामा दाेस्राे चरणमा ६१ जनाकाे स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा १ जना व्यापारीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । पुष्टिभएसंगै गाैरीगंज क्षेत्रमा जाेखिम बढेकाे छ। साउन ३२ गते आईतवार उद्योग वाणिज्य संघ गाैरीगंजले स्थानिय व्यापारी र ईच्छुक सर्वसाधारणकाे स्वाव संकलन गरि विराटनगरस्थित काेशी काेराेना अस्पतालमा पठाएकाे थियाे । काेराेना संक्रमण समुदाय स्तरमा भेटिएकाेले गाैरीगंज गाउँपालिकाले गाैरीगंज क्षेत्रमा गएराती १२ बजेदेखि निषेधाज्ञा जारी गरेकाे छ । गाउँपालिकाकाे अर्काे सुचना नआउञ्जेलसम्मका लागि गाैरीगंज क्षेत्रकाे पुर्वमा किष्णे खाेला, पश्चिममा रतुवा खाेला, उत्तरमा गाैरादह नगरपालिकाकाे सिमाना, दक्षिणमा भारतकाे सिमानाकाे क्षेत्रभित्र आवतजावत, सार्वजनिक यातायात, कलकारखाना, पसल, बजार, वैंक वित्तिय संस्था पुर्णरूपमा बन्द राख्ने गाउँपालिकाले निर्णय गरेकाे छ । याेसंगै निषेधित क्षेत्रमा प्रवेश गर्न समेत राेक लगाईएकाे छ। गाैरीगंज क्षेत्रमा निषेधाज्ञा जारी भएपछि आज विहानदेखि चाैक तथा बजार क्षेत्र सुनसान छ । घरबाट काेही बाहिर निस्किएका छैनन् भने औषधि पसलबाहेक सबै ठप्प छ । अावतजावतमा कडाई गर्नुका साथै चाैक तथा बजार क्षेत्रमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे प्राथिमक स्वास्थ्य केन्द्रकाे नयाँ भवनकाे क्वारेन्टाइनमा २५ जना र गाैरीगंज बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा २४ जना रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रका संयाेजक अनुप शर्माले बताए ।

 

 

 

 

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : १४ बजे