१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हात्तीपाइले राेग विरूद्व गाैरीगंजमा औषधि खुवाइने


१३ फाल्गुन २०७५, सोमबार  

0
Shares

20190225_155523

गाैरीगंज १३, फागुन / हात्ती पाइले राेग निवारणका लागि गाैरीगंज गाउँपालिकामा फागुन १५ गतेबाट औषधि खुवाईने भएकाे छ । प्रत्येक बर्ष सरकारले हात्ती पाईले राेगबाट बच्नलाई औषधि खुवाउने कार्यक्रम अन्तरगत याे कार्यक्रम गर्न लागिएकाे हाे । त्यसका लागि गाैरीगंज स्वास्थ्य शाखाले ५० घर दुरी बराबर १ जना स्वास्थ्यकर्मी खटाउदै छ ।

शारीरिक रूपमा नराम्रााे गरि अशत्त, असमर्थ तथा अपांग बनाउने हात्ती पाइले लामखुट्टेबाट सर्ने सरूवा राेग भएकाेेले यसबारे सचेतनाकाललागि आज गाउँपालिकास्तरिय अन्तरक्रियात्मक कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।
स्वास्थ्य शाखा गा‌रीगंजकाे आयाेजनामा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।
ज्वराे आउने, जाडाे लाग्नु, शरीरमा कम्पन हुनु, लिम्फ नलीहरू सुनिनु, हात गाेडामा नीला काला धर्साहरू देखिनु, पिसाब सेताे वा राताे हुनु, लामाे समयसम्म खाेेकि लाग्नु,दम बढ्नु, रगतमा इसिनाेफिलकाे मात्रा बढ्नु हात्ती पाईले राेगका लक्षणहरू भएकाे कार्यक्रमका सहजकर्ता गाैरीगंज प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विधा पाेख्रेलले बताईन् ।
२ वर्षमाथिका उमेर भएका व्यत्तिलाई औषधि खुवाउन सकिनेे र यसका लागि स्वास्थ्य शाखा गाैरीगंजले ५० घर दुरी बराबर एक जना स्वास्थ्यकर्मी खटाइने शाखा प्रमुख विकास पाैडेल बताए ।
हिमालका १४ वटा जिल्लाबाहेक ६३ वटा जिल्लामा याे राेगकाेे प्रकाेप देखिएकाेले सरकारले राेग निवारणका लागि प्रत्येक वर्ष औषधि खुवाउदै आएकाे छ । सरकारले यसका लागि यस आर्थिक वर्षमा २० कराेड ६० लाख रूपैयाँ खर्च गर्न लागिएकाे जनाईएकाे छ । कार्यक्रमकाे समापन गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले गरेका थिए ।
त्यसैगरि स्वास्थ्य शाखा गाैरीगंजले आजै गाैरीगंज गाउँपालिका वार्ड नं ३ र ४ मा पनि हात्ती पाइले राेग निवारणका लागि अन्तरक्रियात्मक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
कार्यक्रममा वार्ड नं३ का अध्यक्ष मखना महताे, वार्ड नं ४ का अध्यक्ष कुल प्रसाद गिरी, पशु शाखा प्रमुख विनाेद कुमार शाफी, कृषि प्राविधिक नवराज सुवेदी, हुलाक प्रमुख खम्बु सिङ्ह खत्री, याेजना शाखा प्रमुख नारयण प्रसाद चंदरा, विरेन्द्र खड्का, ईन्जिनियर सविन क्षेत्रीलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १० : १२ बजे