१ असार २०८२, आइतबार | Sun Jun 15 2025

ईलाका प्रशासन गाैरीगंजकाे लापरबाही, नागरिकता प्रापक व्यक्ति पुरूष भएपनि लिङ्ग महलमा महिला उल्लेख



गाैरीगंज १५, माघ / इलाका प्रशासन कार्यालय गौरीगंजले एकजना पुरुषलाई महिला भनेर उल्लेख गरेर नागरिकताको प्रतिलिपि दिएको पाइएको छ। साविक गौरादह गाविस वडा न. ८ हालको गौरादह नगरपालिका २ निवासी सुर्य कुमार बिष्टलाई दिइएको नागरिकताको प्रतिलिपिमा नागरिकता प्रापक व्यक्ति पुरूष भएपनि लिङ्ग महलमा महिला लेखिएकाे पाइएको छ ।

बिष्टको २०६३ साल ११ महिना ५ गते नागरिकता जारी गरिएको भए पनि २०७८ साल ८ महिना गते प्रतिलिपि लिएको नागरिकतामा उल्लेख गरिएको छ।
०४३०४५-२०६ नम्बरको नागरिकता प्रतिलिपिमा प्रशासन कार्यालयको लापवार्ही भएकाे स्पष्टै बुझिन्छ । प्रतिलिपिमा शाखा अधिकृत कमलप्रसाद ढुंगेलले हस्ताक्षर गरेर दिएको नागरिकतामा पुरुष लेखिएको हो।
पुरुषको फोटो टाँसिएको र पुरुष भन्ने प्रमाणित हुँदाहुँदै नागरिकतामा महिला लेखेर दिइएको सुर्यकुमार बिष्टले गुनासो गरे।

नागरिकतामा के लेखिएको छ भन्ने थाहा नभएको र हाल बैंक खाता खोल्न जाँदा बल्ल थाहा भएको बिष्टले बताए।

यस विषयमा इलाका प्रशासन कार्यालयका प्रमुख चुडामणी आपगाईले काम गर्दै जादा कारणवश त्रुटी भएको हुन सक्ने बताए। उनले नागरिकतामा भएको त्रुटी तत्कालै सच्चाइदिने बताए। (सजल सन्देशबाट साभार )

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ४० बजे