१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

केन्द्रिय महिला विभागको सचिवमा अध्यक्ष राजवंशी चयन, आजै शपथग्रहण



काठमाडौं २१, जेठ / गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी महिला विभागको केन्द्रिय सचिवमा सर्वसम्मत चयन भएकी छन् । अध्यक्ष राजवंशीलाई आजै गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय अध्यक्ष लक्ष्मी पाण्डेले उक्त पदको गोपनियता तथा सपथ ग्रहण गराएका थिए । मंसिरमा भएको तेस्रो महाधिवेशनबाट गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी थिइन् । आज एक कार्यक्रमको आयोजना गरी सर्वसम्मतबाट निर्वाचित पदाधिकारीसहित सदस्यहरुलाई अध्यक्ष पाण्डेले पदको सपथ खुवाएका थिए भने प्रमाणपत्रसमेत वितरण गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ५ : ४१ बजे