१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ईलामकाे माईजाेगमाईमा तीन वटा कृति एकैसाथ विमाेचन, अवकाश प्राप्त १८ जना शिक्षकलाई सम्मान



इलाम १२, बैशाख / ईलामकाे नयाँबजार स्थित अमरकल्याण माविमा साेमबार दुईदिने गाउँपालिकास्तरिय साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ ।
माईजाेगमाई गाउँपालिकाकाे आर्थिक सहयाेग र श्री थुम्के साहित्यिक समुहकाे आयाेजनामा भएकाे साहित्यिक कार्यक्रममा तीन वटा साहित्यिक कृतहरूकाे विमाेचन गरिएकाे छ ।
गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबे, उपाध्यक्ष प्रबिना राईलगायत साहित्यकारहरूले संयुक्तरूपमा उत्त कृतिहरूकाे विमाेचन गरेका थिए ।
दुर्गाप्रसाद उपाध्याय पौडेलको ‘छरपस्ट’ कविता संग्रह, केशवराज पौडेलको ‘कामना’ कविता संग्रह र नारायणप्रसाद चँदाराको ‘गुरुदक्षिणा’ संक्षिप्त जीवनी संग्रह गरी तीन वटा कृति एकसाथ विमोचन भएकाे थियाे ।
कार्यक्रमकाे पहिलो दिन उद्घाटन कार्यक्रमपछि साहित्यकार केशवराज पौडेलले छन्द सम्बन्धी र पाटन संयुक्त क्याम्पसका उप-प्राध्यापक एवं साहित्यकार हेम भण्डारीले गजल सम्बन्धी प्रशिक्षण दिएका थिए ।

दोश्राे दिन श्री शारदा प्राथमिक विद्यालय शंखाबुङ र श्री अमरकल्याण मा.वि. नयाँबजारमा लामो समयसम्म अध्यापन गरेर हाल अवकाश भइसक्नुभएका १८ जना गुरुहरु- श्री नन्दीप्रसाद खतिवडा (मरणोपरान्त), प्रभुराम भण्डारी, बमबहादुर निरौला, शिवकुमार गुरुङ, कमलकान्त शर्मा रिमाल (मरणोपरान्त), केशवराज पौडेल, खगेन्द थापा, खेमबहादुर गुरुङ, गुणराज चापागाईं, छिरीङ मोक्तान, जंगबहादुर महत, झुलेन्द्र गुरुङ, दुर्गाप्रसाद उपाध्याय पौडेल, मदनकुमार प्रधान, युवराज घिमिरे, लक्ष्मीप्रसाद पाठक, वासुदेव शर्मा पौडेल (मरणोपरान्त) र विष्णुप्रसाद भट्टराईलाई सम्मान गरिएकाे थियाे ।
उक्त कार्यक्रमको अवसरमा प्रतियोगितात्मक रचना वाचनतर्फ पहिलो, दोश्रो, तेश्रो र सान्त्वना हुने क्रमश: राजीब पाठक, उमाकान्त चापागाईं, परिवेश आचार्य र खेमबहादुर निरौलालाई प्रमाण-पत्र तथा पुरस्कार वितरण गरिएकाे थियाे ।

दुवै दिनको कार्यक्रममा माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबे, उपाध्यक्ष प्रबिना राई , प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, अमरकल्याण मा.वि. नयाँबजारका प्रधानाध्यापक धनबहादुर भण्डारी, साहित्यककारहरु डा. देवी क्षेत्री दुलाल, कुमार भट्टराई, इच्छाराम कट्टेल, श्री थुम्के साहित्यिक समूह माईजोगमाई इलामका अध्यक्ष केशवराज पौडेल, उपाध्यक्ष गोकुल सञ्जेल, कोषाध्यक्ष ढाकानाथ खतिवडा, सदस्यहरु चेतनाथ आचार्य, हेम भण्डारी, प्रेमप्रसाद भण्डारी र घनश्याम पौडेललगायत, संचारकर्मी, स्थानियहरूकाे सहभागिता थियाे ।
प्रतियोगितात्मक रचनावाचनका निर्णायकहरु- श्री केशबहादुर राई (उप-प्राध्यापक, श्री म.र.ब.क्याम्पस, इलाम), श्री टिका गौतम भण्डारी (शिक्षक, श्री अमरकल्याण मा.वि. नयाँबजार) र विष्णुप्रसाद आचार्य (शिक्षक, श्री अमरकल्याण मा.वि. नयाँबजार) रहेकाे नारायणप्रसाद चँदारा, सचिव, श्री थुम्के साहित्यिक समूहका सचिव तथा साहित्यकार नारायण प्रसाद चँदराले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ०९ बजे