३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंज गाउँपालिकाले ३९१ जना वृद्ववृद्वालाई बाढ्दै न्यानाे कम्बल



गाैरीगंज ५ माघ / पछिल्लो समय चिसाे बढेसंगै हुस्सु र कुहिराे बाक्लिदै गएपछि यहाँकाे जनजिवन कष्टकर बन्दै गएकाे छ ।
काठमाडौं सहित देशभर चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ ।
चिसाेले बालबालिका, वृद्ववृद्वा, बढी प्रभावित हुने गर्छन् । चिसाे बढेपछि गाैरीगंज गाउँपालिकाकाे विपद् व्यवस्थापन समितिकाे वैठक बसेकाे थियाे । गाैरीगंज गाउँपालिकाले चिसाेले बढी प्रभावित वृद्ववृद्वा, केटाकेटीलगायतलाई न्यानाे कम्बल वितरण गरेकाे छ ।
गाउँपालिका भरिका वार्ड नं १ देखि ६ सम्मका ८० बर्ष भन्दा बढी उमेरका ३९१ जना वृद्धवृद्वालाई न्यानाे कम्बल वितरण गरेकाे हाे । ८० बर्ष भन्दा बढी उमेरका वद्ववृद्वाहरूकाे नाम वार्डबाट संकलित नामावली गाउँपालिकाले रूजु गरेपश्चात कम्बल वितरण गर्ने गरेकाे गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले बताईन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : ४३ बजे