३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापा क्षेत्र नं. ४ मा निर्वाचन प्रचारप्रसारको कार्यालय उद्घाटन, ३ हजार ५ सय ५१ सदस्यीय समिति गठन



धरमपुर २६, असोज/ आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसहित माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको गठबनधनबाट झापा ४ का साझा उम्मेदवारीहरुको संयुक्त चुनाव प्रचारप्रसारको सम्पर्क कार्यालय दुधेमा स्थापना गरिएको छ ।

शिबसताक्षी नगरपालिकाको दुधेमा स्थापना गरिएको चुनाव प्रचारप्रसार कार्यालयको आज प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनु भएका कांग्रेस झापाका सभापती देउकुमार थेबे र प्रदेश सभा सदस्यका उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता झलकबहादुर मगरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

कांग्रेस प्रदेशसभा क्षेत्र नं ४ प्रदेश (१) क्षेत्रीय कार्यसमितीका सभापती एवं प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितीका उपसभापति बिनोद ढकालको सभापतित्वमा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
सो क्रममा ढकालको संयोजकत्वमा र माओवादी केन्द्र पार्टीका नेता कल्पना कार्कीको सहसंयोजकत्वमा ३ हजार ५ सय ५१ सदस्यीय प्रदेशसभा स्तरीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

त्यस्तै, ५१ सदस्यीय प्रदेशसभा स्तरीय निर्वाचन परिचालन समिति गठन समेत गरिएको नेता बिनोद ढकालले जानकारी दिनुभयो ।

गठबन्धनबाट झापा ४ मा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस झापाका सभापती देउकुमार थेबे, प्रदेशसभा सदस्यतर्फ (क) मा माओवादी केन्द्रका नेता झलक बहादुर मगर र प्रदेश सभा सदस्यतर्फ (ख) मा कांग्रेसका नेता एकराज उप्रेतीको संयुक्त रुपमा उम्मेदवारी दर्ता गराइसक्नु भएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : १७ बजे