१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित


२१ आश्विन २०७७, बुधबार  

0
Shares

काठमाडौं / प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित भएको छ । कुल ८७ सदस्य रहेको प्रदेश सभामा खसेको ८२ मतमा पक्षमा ६९ मत परेका छन् । विपक्षमा १३ मत खसेका छन् ।

प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव राखेपछि मतदान प्रक्रिया भएको हो ।

 प्रदेश सभा बैठकमा प्रदेशको राजधानी दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको मैदाने भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकियोस् भन्ने सरकारको प्रस्ताव दुईतिहाइ मतले पारित भएको हो ।

 

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ०५ बजे