५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजमा क्वारेन्टाइन झापाकाे सचेतनामुलक गाेष्ठी



गाैरीगंज २८, असार / भन्सार एजेन्ट सुरक्षाकर्मीलगायत सराेकारवालाहरूसंगकाे एक दिने अन्तरक्रिया सम्पन्न भएकाे छ ।
क्वारेन्टाइन कार्यालय झापाकाे आयाेजनामा गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे सभाहलमा साेमवार आयाेजित कार्यक्रमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी थिइन् । स्थानिय कृषक, व्यापारी र सुरक्षाकर्मीहरूकाे सहभागिता रहेकाे उत्त कार्यक्रममा प्लान्ट क्वारेन्टाइनका विषयमा छलफल भएकाे थियाे । क्वारेन्टाइन कार्यालय झापाका वाली संरक्षण अधिकृत देवेन्द्र साहूले सहजीकरण गरेका थिए । उनले गाैरीगंजकाे आठमाैजा छाेटी भन्सार नाका हुँदै भारतबाट सागसब्जी, अालु, प्याज, लसुनलगायत कृषिजन्य चिजवस्तुहरू भित्रिने भएकाेले ती चिजवस्तुहरू सडे गलेकाे वा किरा लागेकाे हुन सक्ने भएकाेले सचेत भएर प्रयाेग गर्न वाली संरक्षण अधिकृत साहूले बताएका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक जितेश दाहाल, सशस्त्र प्रहरी सुरक्षा वल गाैरीगंज अाउटपाेष्टका प्रहरी निरीक्षक हरिकृष्ण गिरी, पशु क्वारेन्टाइन कार्यालयका मुकेश कुमार सिंह, मानव सञ्जेल, प्रदिप राय, ललिता ढुुंगाना लगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : २० बजे