३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगञ्ज –१ स्थित कमल बनियानी खोलामा बनेको पक्की पूलछेउमा भ्वाङ, पुलनै जाेखिममा



दमक/ लगातारको बर्षाका कारण खोलामा आएको बाढीले हुलाकी मार्ग अन्तर्गत गौरीगञ्ज –१ स्थित कमल बनियानी खोलामा बनेको पक्की पूल जोखिममा परेको छ ।
हुलाकी मार्ग अन्तर्गत गौरीगञ्जबाट कुञ्जीबारी हुँदै चौरी–झापा बजार तर्फ जाने बीचमा रहेको सो पूल छेउमै भ्वाङ परेपछि भर्खरै बनेको पक्की पूल जोखिममा परेको हो ।
स्थानीयबासीहरुले पक्की पूलको भाग साँघुरो भएका कारण पानीको निकासका लागि पर्याप्त भाग नभएका कारण हुलाकी सडक र त्यहाँँ निर्मित पक्की पूलनै धरापमा परेको बताएका छन ।  मुख्य सडकमानै यात्रा गर्न जोखिम भएपछि त्यहाँस्थित बिद्यालय आउजाउ गर्ने बिद्यार्थी र दैनिक उपभोग्य सामग्री लिन आउने जाने सर्वसाधारणहरु समस्यामा परेका छन । कुञ्जीबारीबाट पूर्व तर्फ कमल बनियानी र पश्चिम तर्फ सानो कमल खोलामा दुई दिनयता आएको बाढीले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : ४६ बजे