४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रासविस गाैरीगंज – ६ काे अध्यक्षमा आत्माराम राजवंशी चयन



गाैरीगंज ४, असार / राजवंशी समाज विकास समिति गाैरीगंज गाउँपालिका वार्ड नं.६ काे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा आत्माराम राजवंशी सर्वसम्मत चयन भएका छन् ।
उहाँसंगै पहिलाे अधिवेशनबाट उपाध्यक्षमा मान बहादुर राजवंशी र अामासी राजवंशी चयन भएका छन् ।
राजवंशी समाज विकास समिति झापाकी उपाध्यक्ष नाैताली राजवंशीकाे प्रमुख आतिथ्यतामा गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे सभाहलमा आज शनिवार सम्पन्न भएकाे हाे ।

सचिवमा बरूण कुमार राजवंशी, सहसचिवमा मेघराज राजवंशी, काेषाध्यक्षमा सागवती राजवंशी, सदस्यहरूमा प्रकाश चन्द्र राजवंशी, लक्ष्मी प्रसाद राजवंशी , प्रभा राजवंशी, फागुलाल राजवंशी, सुनिता राजवंशी, जानकी राजवंशी, सुभद्रा राजवंशी, नगेन्द्र कुमार राजवंशी, झरीलाल राजवंशी सहित १५ सदस्यीय समिति गठन भएकाे हाे ।

कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि हेमनसरी राजवंशी, केन्द्रीय सल्लाहाकार देवि प्रसाद राजवंशी, समाजसेवी पर्वतलाल राजवंशी, समाज सेवी तथा पुर्व प्राध्यापक बुधकरण राजवंशी, पुर्व शिक्षक सुन्दरलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तदर्थ समितिका अध्यक्ष कपित नारायण राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत बरूण कुमार राजवंशीले गरेका थिए ।
अाजै राजवंशी समाज विकास समिति गाैरीगंज वार्ड नं.६ का अध्यक्ष आत्माराम राजवंशीकाे अध्यक्षतामा बसेकाे वैठकले गाउँपालिका अधिवेशनका लागि २ जना महिला सहित ५ जना अधिवेशन प्रतिनिधि चयन गरेकाे छ । गापा अधिवेशन प्रतिनिधिमा अात्माराम राजवंशी, मेघराज राजवंशी, गंगाप्रसाद राजवंशी, अामासी राजवंशी र सुनिता राजवंशी रहेका छन् । त्यसैगरी समितिले वडा समितिमा २ जनालाई सदस्य पदमा मनाेनित गरेकाे छ । मनाेनित हुनेहरूमा भागिरथ राजवंशी र विश्वनाथ राजवंशी रहेका छन् ।
समितिले गाैरीगंज गाउँपालिकामा नव निर्वाचित गापा अध्यक्ष, उपाध्यक्षसहित वडा जनप्रतिनिधिहरूलाई सम्मान तथा बधाई र राजवंशी समाज विकास समिति केन्द्रीय समिति भवन निर्माणका लागि ३ कठ्ठा जग्गा दान दिएका धनन्ञ्य राजवंशीलाई सम्मान गर्ने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ५२ बजे