१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यदि मसंग गाउँपालिकाले नीति तथा कार्यक्रमबारे सुझाव मागेकाे भए …….



यदि मसंग गाउँपालिकाले सुझाव मागेकाे भए …….
आर्थिक वर्ष २०८०/८१ काे लागि गाउँपालिकाकाे निती तथा कार्यक्रममा यी बुदाँहरू सुझावकाे रूपमा पेश गर्थे ।

१. स्थानिय सरकारकाे रूपमा गाैरीगंज गाउँपालिकाबाट भईगरेका सेवा प्रवाह, विकास निर्माण, स्थानिय स्तरकाे सभा, सम्मेलन तथा चाड पर्वकाे सुरक्षा, स्थानिय वजार र पार्किङ स्थलकाे रेखदेख र व्यवस्थापन , गाउँ सरसफाई, सडकपेटी, बाटाे रेखदेख, छाडा चाैपाय, गाउँ सुरक्षा सम्बन्धि मापदण्डकाे कार्यान्वय र न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरूकाे कार्यान्वयमा प्रभावकारिता ल्याउन गाउँ प्रहरीकाे गठन , व्यवस्थापन र सञ्चालनका लागि ऐन बनाई गाउँ प्रहरीकाे व्यवस्था गरिनेछ ।

२. अाम गाैरीगंजवासीले हेर्ने र बुझ्ने गरी हरेक मिटिङ्गहरू प्रत्यक्ष प्रशारण (लाईभ) गरेर निति तथा कार्यक्रम अहिले कस्ताे छ अब कस्ताे हुन्छ काे अभिलेख राखी आम नागरिकसमक्ष जानकारी गराईनेछ ।

३. छाेटी भन्सार नाकालाई अफग्रेड गरी नाकाकाे रूपमा विकास गर्न जमिनकाे व्यवस्थापन गरी नेपाल सरकार र भारत सरकारसमक्ष डेलिगेसन गई नाका सञ्चालन गराईने छ ।

४. एक प्राविधिक शिक्षालयककाे स्थापनाका गरिनेछ ।

५. गाैरीगंज गाउँपालिकालाई हराभरा र स्वच्छ बनाउन वृक्षारोपण कार्यलाई प्राेत्साहित गरिनेछ । जसका लागि ‘ एक घर दुई विरूवा, एक विद्यालय एक बगैचा’ जस्ता कार्यक्रमलाई प्राेत्साहित गरिनेछ ।

६. गाैरीगंज गाउँपालिकाकाे वार्ड नं.१ देखि ६ सम्मका मुख्य बजार क्षेत्रमा सार्वजनिक शाैचालय निर्माणसाथै सार्वजनिक स्थान र बजारमा सीसी क्यामेरा जडान गरी ‘डिजीटल गाैरीगंज’काे रूपमा विकास गरिनेछ ।

७. गाैरीगंजसंगकाे अन्य पालिकाकाे सिमानामा सीसी क्यामेरासंगै स्वागत गेट निर्माणसंगै प्रत्येक वडामा १ बर्षमा १ किलाेमिटर पिच निर्माण गरिनेछ ।

८. ७० बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिक र एकल महिलालाई ‘जिवन निर्वाह बाेनस’ प्रदान गरिनेछ ।

९. प्रत्येक वडाकाे कुनै १ याेजना महिला मात्रकाे सहभागीता र अगुवाईमा अनिवार्य सञ्चालन गरिनेछ ।
१०. गरिब, असहाय तथा पिछडिएका वर्गहरूलाई मुलप्रवाहीकरणमा ल्याउन निःशुल्क कानुनी परामर्श तथा सहयाेग उपलब्ध गराईने छ । साथै न्यायिक समितिमार्फत प्रत्येक वडामा विभिन्न कानुन सम्बन्धि तालिम, सचेतना तालिमहरू सञ्चालन गरिनेछ ।

११. वैदेशिक राेजगारबाट फर्किएका एवं स्वदेशमा नै वेराेजगारका रूपमा रहेका युवालाई कृषि तथा पशुपालन क्षेत्रमा आकर्षित गरिनेछ ।

१२. खेलकुदका माध्यमबाट युवा शक्तिलाई एकिकृत गर्न र विकासमा परिचालन गर्न खेलकुद क्षेत्रमा जाेड दिईनुका साथै गाैरीगंज वार्ड नं. १ मा रहेकाे खेल मैदानलाई थप व्यवस्थित गरि खलकुद रङ्गशालाकाे रूपमा विकास गरिदै लगिनेछ । साथै हरेक बजार क्षेत्रमा खुल्ला व्यायमशाला निर्माण गरिनेछ ।

१३.कृषियाेग्य भुमिमा कृषि सडक एवं विद्युत विस्तार गरी ‘कृषककाे भुमिमा पानी, सिंचाईमा लगानी’ मुलनारालाई आत्मसाथ गरी कार्यान्वयन तर्फ अगाडी बढाईनेछ ।

१४. गाैरीगंज गाउँपालिका भित्रका सार्वजनिक जग्गा, ऐलानी जग्गा, मठ मंदिरका जग्गा, पुस्तकालय, सामुदायिक विद्यालयका जग्गा, क्याम्पस, अतिथि सदनलगायत सार्वजनिक सम्पतिकाे एकिन गरी अभिलेख तयार गरिनेछ ।र सामुदायिक भवन निर्माण, विद्यालय, पुस्ताकालय, क्याम्पस, मठ मन्दिर
स्थापनाका लागि जग्गा दान दिएका दाताहरूकाे जग्गाकाे अभिलेखसंगै दाताहरूलाई सम्मान गरिनेछ ।

१५. गाउँपालिका भित्र सञ्चालित वैंक, वितिय संस्था, उद्योग तथा सवारी साधन जस्तै टेम्पु, सिटीहरूलाई करकाे दायरामा ल्याई दर्ता र नविकरण गर्ने व्यवस्था गरिनेछ ।

१६. स्थानिय संचार माध्यहरूलाई सुचिकृत गरी वृद्विविकासका लागि आवश्यक वजेटकाे व्यवस्था गरिनेछ र गाउँपालिकाकाे हरेक सार्वजनिक सूचना तथा टेण्डर अाव्हानका सुचनाहरू उपलब्ध गराईनेछ ।
१७. प्रधानमन्त्री राेजगारका कार्यक्रमसंग आवद्व गरी ‘सबैलाई सीप, सबैलाई राेगजार’ कार्यक्रम अन्तर्गत कुकिङ्ग तालिम, माेवाईल मर्मत तालिम, सवारी साधन मर्मत तालिम, ड्राभिङ्ग तालिम, प्लम्बिङ्ग तालिम, ईलेक्ट्रिसियन तालिम, रेफ्रिजेरेटर, सिलाई कटाई तालिम, पंखा मर्मत, क्षमता अभिवृद्धि तथा उद्घाेषण तालिमलगायत स्थानिय परम्परागत उत्पादनलाई प्राेत्साहित गर्न झल्ला बनाई, मुरई भुट्ने तालिमलगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

१८. गाैरीगंज गाउँपालिकाकाे बाैद्विक सम्पतिकाे रूपमा गाैरीगंज – ६ मा रहेकाे त्रिभुवन आदर्श पुस्तकालयलाई थप व्यवस्थित गरी ई- लाईव्रेरीकाे रूपमा विकास गरिनेछ ।

१९. गाउँपालिका स्तरिय आधारभुत अस्पताल तथा विमा सुविधासहितकाे फार्मेसी सेवा सञ्चालनकाे लागि आवश्यक व्यवस्था मिलाईनेछ ।

२०. गाउँपालिकाकाे कार्यालय, वडा कार्यालय, सबै सामाुदायिक विद्यालय, स्वास्थ्य शाखा, कृषि शाखा, शिक्षा शाखामा प्रयाेग हुने गरी एकीकृत सफ्टवेयर प्रणालीकाे व्यवस्था गरी हरेक सेवाग्राहीहरूले लिईरहेकाे सेवा सुविधाहरूकाे अभिलेख राख्ने प्रविधिकाे विकास गरिनेछ ।

२१. स्थानिय पाठ्यक्रम विकास गरी आवश्यक सन्दर्भ सामाग्रीहरूकाे व्यवस्था गर्दै स्थानिय पाठ्यक्रम लागु गरिने छ ।

२२. ‘ म स्वास्थ्य, मेराे गाउँ स्वास्थ्य’ अभियान अन्तर्गत घरदैलाे नर्सिंङ्ग सेवा सञ्चालन गरिनेछ । घरदैलाेमा खटिने नर्स र स्वास्थ्य स्वयंसेविकाहरू मार्फत गाउँवासीहरूकाे स्वास्थ्य विवरण ( प्राेफाईल) तयार गरिनेछ ।

२३. किसानहरूबाट उत्पादित कृषिजन्य बस्तुहरूकाे सूरक्षाकाे लागि चिस्यान केन्द्र स्थापनाका लागि प्रदेश र केन्द्रिय सरकारसमक्ष पहल गरिनेछ । किसान परिचयपत्रकाे व्यवस्था गरिनेछ ।

२४. गाउँपालिका भित्रका वैंक वितिय संघ संस्था सहकारीहरूसंगकाे समन्वयमा सामाजिक उत्तरदायित्व अन्तर्गत ‘एक सहकारी, एक वडाकाे सरसफाईमा गहन जिम्मेवारी’ कार्यक्रम सञ्चालन गरिनेछ ।

२५. अध्यक्ष उपाध्यक्षसंग बालबालिका कार्यक्रमलाई थप व्यवस्थित गर्दै ‘मेराे विद्यालय मेराे पढाई , अभिभावक र शिक्षकसंग छलफल गरी शैक्षिक गुणस्तर वृद्वि गर्ने गाउँपालिकाकाे साेचाई’ कार्यक्रम सञ्चालन गरिने छ ।

२६. गाैरीगंज गाउँपालिका वार्ड नं. २ मा निर्माणाधिन कछुवा संरक्षण सिमसार क्षेत्रलाई पर्यटकिय क्षेत्रकाे रूपमा विकास गर्दै लगिने छ र साथै गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे ऐतिहासिक एवं धार्मिक स्थलकाे रूपमा रहेकाे काेटेश्वर शिवालय मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलकाे रूपमा विकास गरिदै लगिने छ ।
२७. गाैरीगंज गाउँपालिका वार्ड नं. ४ र ५ मा विद्मान रहेकाे माेवाईल नेटवर्ककाे समस्यालाई सधैकाे लागि निर्मुल गर्न एनटिसी टावर निर्माणकाे लागि संघिय सरकारसमक्ष पहल गरिनेछ ।

२८. १० लाख भन्दा बढी घर ठेक्का लिएर घर निर्माण गर्ने ठेकेदार वा कम्पनीलाई दर्ता गर्न लगाई करकाे दायरामा ल्याईनेछ ।

२९. ट्राफिक प्रहरी कार्यालय स्थापनाका लागि जग्गाकाे व्यवस्थापन गरी कार्यालय भवन निर्माण गरिने छ ।

३०. सरकारी अस्पताल, सामुदायिक विद्यालय, वार्ड कार्यालयहरूमा सिसि क्यामेरा जडान गरी सम्पूर्ण काम काजकाे निगरानी गराईने छ ।

३१. गाउँपालिका भित्रका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई निशुल्कमा शिक्षा प्रदान गरिने नितिलाई निरन्तरता दिईने छ । र थप व्यवस्थित गर्नका लागि उत्त अनुदान रकम प्रत्यक्षरूपमा प्रत्याभुति हुने गरी विद्यार्थीकाे खातामा रकम भुक्तानी गरिने छ । साथै उच्च शिक्षा अध्ययन गर्ने जस्ताे एमबिबिएस, ईन्जिनियर, कानुन, वाणिज्यलगायत अन्य विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिकाे व्यवस्था गरिनेछ ।

३२. सामुदायिक विद्यालयमा अनिवार्यरूपमा अंग्रेजी माध्यम बनाई प्रविधियुक्त बनाईने छ । शिक्षा गुणस्तरलगायत अन्य क्रियाकलापकाे आन्तरिक प्रतिस्पर्धा गराई नमुना प्राविकाे घाेषणा गर्ने र घाेषित नमुना विद्यालयलाई थप अनुदान दिई प्राेत्साहन गरिनेछ ।

३३. यहाँका रैथाने जातजातिहरूकाे भाषा, संस्कृति, पहिचान संरक्षण र सम्बर्धन गर्न आवश्यक निती बनाई गाैरीगंजकाे पहिचान झल्किने गरी पर्यटकिय स्थालकाे निर्माण गरिने छ ।
३४. विपन्न परिवारलगायतलाई पहिचान गरी निशुल्कमा स्वास्थ्य विमा लागु गरिनेछ । ३५. प्राङ्गानिक मलकाे उत्पादनमा विशेष पहल गरिनेछ । ३६. वार्ड नं.१ देखि ६ सम्म जाेड्ने रिङ्ग राेड निर्माणका लागि आवश्यक वजेटकाे व्यवस्था गरिनेछ । ३७. यस बाहेक नपरेका विषयमा यहाँका राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, जेष्ठ नागरिक, युवा, महिला, अपाङ्गता भएका व्यक्ति, खेलप्रेमी, मजदुर, किसान, साना -साना व्यापारी, उद्योग वाणिज्य संघ, सामुदायिक र निजी विद्यालयका प्रअ, कृषक समुह, महिला समुहलगायत नागरिक समाजसंग राय सुझाव संकलन गरेर आवश्यक विषयलाई आवश्यकता अनुसार निती तथा कार्यक्रममा समावेश गरिदै लगिने छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ११ : १० बजे