५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

‌‌गाैरीगंज -१ द्वारा कृषकलाई सिंचाईका लागि माेटर वितरण



गाैरीगंज ९, चैत/ गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले वार्ड भित्रका कृषकहरूलाई पानी तान्ने माेटर वितरण गरेकाे छ। वार्डकाे सिलिङ्ग बजेट रू ४ लाखबाट ४९ वटा माेटर वितरण गरेकाे हाे । वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिक लाल राजवंशीकाे सभापतित्वमा भएकाे कार्यक्रममा वार्ड सदस्य जानुका गाैतम, राजभत्त सुनुवार, टंक श्रेष्ठ, कार्यपालिका सदस्य भिम राजवंशीलगायतकाे उपस्थिति थियाे । वार्ड सचिव भाेजकुमार अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ९ : ४० बजे