६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

परिर्वतन चाहनेलाई जिताउनुहोस : उम्मेदवार चौधरी



सत्यनारायण चौधरी ,(उम्मेदवार नेपाली कांग्रस केन्द्रीय सदस्य मधेशी कोटा ) । झापा, दमक १ निवासी चौधरी कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत भोलि २७ मंसिरमा हुन गइरहेको निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्यका लागि मधेशी कोटाबाट पुरुष तर्फका खुला उम्मेदवार हुन् । लामो समयदेखि कांग्रेसको पार्टी राजनीतिमा काम गरिआएका उनले पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी लिन महाधिबेशनमा उम्मेदवार वनेका छन् । मधेशी कोटा पुरुषतर्फ ५ जनाको पदमा उनीसहित २७ जनाको उम्मेदवारी परेको छ ।प्रस्तुत छ ,उम्मेदवार चौधरीसंग महाधिबेशनको सेरोफेरोमा गरिएको कुराकानी-

तपाईको उम्मेदवारी के का लागि ?
मेरो उम्मेदवारी पार्टी संगठन निर्माण गर्न नै हो । विशेषत लामोसमयसम्म पार्टीको क्षेत्रीय समितिमा काम गरिआएको विदितै छ । यसर्थ, यो महाधिबेशनमा पार्टी केन्द्रीय सदस्यमा मधेशीतर्फको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु ।
जित्नु हुन्छ त ?
जित्ने छु । जित्छु, तपाई ढुक्क हुनुस । पार्टीमा परिवर्तन चाहने आम महाधिबेशन प्रतिनिधि ,पार्टी नेतृत्वहरुको यस्तो भावना पाएको छु । मेचीदेखि महाकालीसम्म र विदेशमा बस्दै आएका जनसम्पर्क समितिका प्रतिनिधिहरुले पार्टी नेतृत्व परिवर्तन चाहेका छन् । यसले पनि के प्रष्ट हुन्छ भने कांग्रेसमा आमूल परिवर्तन आउदै छ , परिवर्तन चाहने शक्तिको पार्टी नेतृत्वमा स्थापित हुने संभावना देखेको छु ।
तपाई कुन समूहबाट उम्मेदवार बन्नुभयो ?
पार्टी भित्र विचार केन्द्रीत यस्ता समूह महाधिबेशनका क्रममा मात्र यस्तो देखिएको हो भन्ने लाग्छ । पार्टी भित्र यस्तो समूह विचारबाट केन्द्रीत हुनु स्वभाविक पनि हो । त्यसले पार्टी संगठनको वृद्धि विकासमा असर गर्नु हुदैन् । मलाई लाग्छ, पार्टीका अग्रज नेतृत्वले यसलाई अवश्य मूल्याङ्गकन गर्नुनै हुने छ ।
जहाँसम्म मलाई कुन समूहबाट उम्मेदवार भन्नु पर्दा म कांग्रेसको समूहबाट उम्मेदवार भएको हुँ । समूह भन्दा पनि पार्टी भित्र अहिले परिवर्तन चाहने शक्ति ,जसको पार्टीमा आफनै इतिहास छ पनि छ , उहाँ भनेको नेता शेखर कोइराला हुन । म उहाँको विचारबाट प्रभावित भएर पनि यो समूहसंग नजिक भएको हुँ । समूहमा आवद्धता हुनु,यसरी उम्मेदवार बन्नु स्वभाविक पनि हो जस्तो लाग्छ ।
पार्टी भित्र किन यतिका उम्मेदवारहरु आए नि ?
ठिक प्रश्न गर्नुभयो । कांग्रेस लोकतन्त्रको एक मात्र पक्षधर पार्टी हो । यहाँ कसैको अधिकारलाई बन्देज लगाउने नियम हुदैन्। त्यसमा अहिले यो महाधिबेशनमा कांग्रेस भित्र एकसेएक सक्षम नेता,कार्यकर्ताहरु उत्पादन भईरहेका छन् । विचार जन्माउने, सवल नेतृत्व दिन सक्ने इमान्दार,सक्षम,प्रतिवद्ध मानिसहरु पार्टीमा प्रशस्त छन् , यो नै कांग्रेसको सवल पक्ष हो । राजनीति रुपले यसलाई उपयोग गरेर आज यो महाधिबेशनमा पार्टीमा उम्मेदवारको आकांक्षा राख्नु स्वभाविक हो भन्ने लाग्छ ।
यसले पार्टीमा यो महाधिबेशनले पक्कै पनि रुपान्तरित गराउने छ,सवल तिर लैजाने सक्नेलाई नेतृत्व चुन्ने छन् भन्ने लाग्छ ।
पार्टीमा केन्द्रीय सदस्य जित्नुभयो भने के गर्नुहुन्छ ?
पार्टी संगठन सवल बनाउने, पार्टी मार्फत जनताको सेवामा केन्द्रीत हुनका लागि यो महाधिबेशन सफल हुने छ भन्नेमा आशावादी छु । जहाँसम्म मैले पार्टी केन्द्रीय सदस्यमा जितेको खण्डमा या नजिते पनि जनताका बीचमा रहेर काम गर्नका लागि कहिल्यै पछि पर्ने छुईन् । मलाई लाग्छ, यो अवसर पनि हामी माँझ आएको छ ।पक्कै पनि देशभरिका आम महाधिबेशन प्रतिनिधि ,जिल्ला सभापति,क्षेत्रीय सभापतिहरुले अत्यन्त विवेक भएर पार्टी नेतृत्व छान्न सफल हुनुहुने छ भन्ने लागेको छ । अतः हाम्रो पार्टी नेतृत्वको यो आन्तरिक निर्वाचन अविश्वास होइन विश्वास,कमजोर होइन सवल कांग्रेस बनाउन एकजुट भएर अघि बढ्न प्रेरित हुनुपर्छ भन्ने लाग्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  २ : १४ बजे