१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहकाे वार्ड नं. २ मा सडक वत्ती जडान


२५ माघ २०७६, शनिबार  

0
Shares

20200208_174402
गौरादह २५, माघ /गौरादह नगरपालिका वडा नं. २ ले वडा भित्र रहेका सडकहरुमा सडक बत्ती जडान गरेकाे छ। अध्यारोमा समेत आवतजावत गर्न सहज बनाउने उदेश्यले वडा भित्र रहेका बिजुलीका पाेलहरुमा सडक बत्ती राखेकाे छ। वडाले वार्ड सिलिङ बजेटबाट ८ लाख रुपैया बजेट बिनियाेजन गरेपछि सडक बत्ती राख्न सहज भएको हाे। वडा भित्र रहेका मुख्य सडक सहित गाउँ भित्र जाने अन्य सडकमा समेत सडक बत्ती बालिएकाे छ। वडा नं -२ काे बिच भागबाट गौरादह बजार हुँदै दक्षिण ठेकिटाेला जाेड्ने मुख्य सडककाे वडा नं -७ काे सिमनासम्म सडक बत्ती बालिएकाे छ। बजारबाट दक्षिणतर्फ हिमाली चौक देखि नगरपालिकाकाे कार्यालय जाने सडक तथा दहलु चौक देखि पुर्वतर्फ डिल्ली सेढाईका घर सम्म रहेका बिजुलिका पाेलहरुमा सडक बत्ती जडान गरिएको छ। सडक बत्तिका लागि ६ वटा मिटर जडान गरिएको छ। वडा भित्र रहेका मुख्य तथा ब्यस्त सडकमा पहिलाे चरणमा सडक बत्ती जडान गरिएको वडा सदस्य बिजय कन्दंवा बताउँछन् ।यस आर्थिक बर्षमा १ सय २० वटा सडक बत्ती जडान गरिएको र बाँकी ठाउँमा आगामी आर्थिक बर्षकाे बजेटबाट  सडक बत्ती जडान गर्ने लक्ष्य रहेकाे वडा नं -२ का वडाध्यक्ष हेमन्त कार्कीले बताए । बत्ती जडान गरिएपछि साँझ वा अध्याराेमा हिडडुल गर्न सहज भएकाे छ। यस अघि साँझ पर्ने साथ सडकमा हिड्न लाईट वा राँकाे लिएर हिड्नु पर्ने बाध्यता थियाे। गाउँघरमा आपत्तविपत पर्दा समेत सहज रुपमा काम गर्न सकिने भएको छ। सडक बत्ती बलेसंगै गाउँ घरमा हुने गरेका चाेरीकाे बिगबिगी हट्ने गाउँलेहरुले विस्वास लिएका छन। गाउँ घरमा सडक बत्ती बलेर गाउँ पनि सहर जस्तै झलमल्ल उज्यालो भएकाले चाेरी चकारी हट्नुका साथै गाउँमा सुबिधा बठेकाे वड नं -२ का स्थानिय टंक गिरी बताउँछन। गाउँमा यातायत,बिधुत,खानेपानी, उपचारकाे क्षेत्रमा यसरी नै क्रमश:बिकास हुने हाे भने सहर तिर बसाइँ सर्ने प्रक्रिया न्यून हुने स्थानीय मदन रिजाल बताउँछन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : ०१ बजे