१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेराेनाकाे कहरमा अपराधजन्य घटना नगन्य


१२ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200424_161004

आत्माराम राजवंशी /

गाैरीगंज १२, बैशाख/ काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन नेपाल सरकारबाट लकडाउन गरिएपछि झापाको दक्षिणी क्षेत्रमा हुने गरेका अपराधजन्य घटना नगन्य अवस्थामा पुगेकाे छ।

ईलाका प्रहरी कार्यालयहरुमा प्रायः दिनै जसाे उजुरी दर्ता गराउन आउने र दुबै पक्षलाई छलफल गराई मिलापत्र गराएर पठाइने प्रहरी कार्यालयहरू भने यतिबेला सुनसान छ । उजुरी निवेदन लिएर आउने र न्याय पाउँ भन्दै प्रहरी कार्यालयहरूमा धाउनेहरूकाे भिडभाड देखिदै आएकाे संख्या अहिले लकडाउन पछि प्रायः शुन्य छ ।
ठाडाे किटानी जाहेरी बाहेकका निवेदनहरू र सामाजिक न्याय र परामर्शका आधारमा छिनाेफानाे गर्ने स्थानिय निकायकाे न्यायिक समितिकाे मुद्दा दर्ता फाँटकाे रजिस्टर पनि यतिबेला उजुरी विहिन छ, खाली छ ।

गाैरीगंज गाउँपालिकाकाे न्यायिक समितिमा महिनामा न्युनतम १० देखि १२ वटा उजुरी निवेदन आए पनि लकडाउन समयावधिमा कम छ ।
न्यायिक समिति गाैरीगंजकी सदस्य तथा वार्ड नं. ३ कि सदस्य हेमा आचार्यले लकडाउन पछि माैखिक रूपमा झैझगडा र घरेलुहिंसाका घटना लिएर केही व्यक्तिहरू आएपनि फाेन मार्फत सम्झाउने र मिलाउने कार्य भईरहेकाे बताईन । काेराेना भाईरसकाे संक्रमणकाे त्रासले पनि समाजमा अपराधजन्य घटनाहरू नहुने गरेकाे उनले बताईन ।

लकडाउन अगाडि ईलाका प्रहरी कार्यालय गौरीगंजमा दैनिक ३ देखि ५ वटा र ईलाका प्रहरी कार्यालय गौरादहमा पनि १/२ वटा उजुरीका घटना दर्ता हुने गरेकाे प्रहरी कार्यलयहरूले जनाएका छन् ।

लकडाउन भएपछि गौरादह क्षेत्रमा अपराधजन्य तथा घरेलु हिंसा जन्य घटना    १/२ वटा भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। लकडाउन पश्चात अपराधजन्य घटना एउटा भएको र त्यसलाई छलफलकाे माध्यमबाट मिलाइने भएपनि घरेलु हिंसाका घटनालाई भने फाेनकाे माध्यमबाटै मिलाइएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। ईलाका प्रहरी कार्यालय गौरीगंजमा भने कुनै प्रकारका घटना दर्ता भएका छैनन् ।

चैत ११ गते देखि बैशाख ११ गतेसम्म सरकारले लगाएकाे लकडाउन भरि गाैरीगंज तथा गौरादह क्षेत्रमा अपराधजन्य घट्ना दर्ताकाे विवरण शून्य छ भने सवारी दुर्घटना पनि भएकाे देखिदैन। ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले दिएकाे जानकारी अनुसार लकडाउन अघि सरदर दिनकाे ३ देखि ५ वटासम्म घरेलु हिंसाका घट्ना दर्ता भए पनि लकडाउन पछि एउटा पनि घटना दर्ता भएकाे छैन। झैझगडा, लेनदेन, कुटपिट, घरेलुहिंसा, ठगी मुद्दा, लागुऔषध, चाेरी लगायतका घट्नाहरू लकडाउन अघि अधिकांस दर्ता हुने गरेकाे प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।

सिमित स्राेत साधन र जनशक्तिकाे अधिकतम उपयाेग गरि गाैरीगंज क्षेत्रकाे शान्ति सुरक्षा कायम राख्दै आएकाे भएपनि लकडाउनमा सुरक्षाकर्मी थपिएपछि शान्ति सुरक्षा गर्न अझ सहज भएकाे उनकाे भनाई छ ।

काेराेना भाईरसकाे संक्रमणबाट आफु पहिले बाच्नु पर्छ भन्ने कुराकाे हेक्का आम नागरिकमा भएपछि समाजमा त्यसप्रकारकाे अपराधजन्य घटनाहरू नभएकाे प्रहरी निरीक्षक भट्टराईकाे दाबी थियाे। ‘लकडाउनकाे १ महिना अवधिमा नागरिकहरू घरमै बस्ने , अनावश्यक हिडडुल नगर्ने, साबुन पानीले हात धुने र आफु पहिले सुरक्षित हुनु पर्छ भन्ने चेतनाकाे विकास भएकाे देखाउँछ,’ प्रहरी निरीक्षक भट्टराई भन्छन् – ‘नागरिकले लकडाउनका पुर्ण पालना गरे देखि काेराेनाकाे महामारीबाट सजिलै बच्न सकिन्छ।’ गौरादह क्षेत्रमा लकडाउन अगाडि पनि सवारी दुर्घटना भयावह रुपमा नभएकाे र लकडाउन भएपछि सवारी दुर्घटना शुन्यमा झरेकाे अस्थायी ट्राफिक प्रहरी पाेष्ट गौरादहका प्रमुख नारायण प्रसाद भट्टराईले जानकारी गराए।

ट्राफिक प्रहरी पाेष्ट गाैरीगंजका ईन्चार्ज भाेजराज चाैलागाईका अनुसार गाैरीगंज क्षेत्रमा लकडाउन अवधिमा सवारी दुर्घटना एउटा पनि नभएकाे जानकारी गराएका छन्। लकडाउन भएपछि सवारी साधन नचलेकाले सवारी दुर्घटना नभएकाे हाे ।

लकडाउन अघि गाैरीगंज क्षेत्रमा महिनाकाे सरदर सामान्य दुर्घटना ३ देखि ५ देखि सामान्य दुर्घटना भए पनि लकडाउन यता सवारी दुर्घटना शुन्य रहेकाे चाैलागाईकाे भनाई छ । लकडाउनमा पनि दिन रात नभनि ट्राफिक प्रहरीले यसक्षेत्रमा खटिरहेकाे र आम नागरिकलाई घरमै बसी अनावश्यक सवारी साधन प्रयाेग नगर्न उनकाे आग्रह छ ।

त्यसैगरी गाैरीगंजगाउँपालिका वार्ड नं. ६ स्थित आठमाैजा छाेटी भन्सार कार्यालयले पनि लकडाउन अघि महिनाकाे लगभग ३६ हजार देखि ८० हजार रूपैयाँसम्म राजश्व संकलन गर्दै आएकाे भए पनि लकडाउन यता राजश्व ठप्प छ । सरकारले काेराेना भाईरसकाे संक्रमण फैलन नदिन सिमा नाका सिल गरेसंगै यहाँबाट उठ्ने राजश्व संकलन ठप्प भएकाे आठमाैजा छाेटी भन्सार कार्यालयका नासु चिरञ्जीवी भुसालले बताए ।

जिल्ला अदालत झापामा पनि फाैैैैैैैजदारी मुद्दा बाहेक देवानी मुद्दाहरूकाेे थुनछेक वहस नभएकाे बताईन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : ३१ बजे