४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सहारा नेपालकाे २५ औं साधारण सभा सम्पन्न, गाैरीगंज सेवा केन्द्रकाे खुद नाफा ४१ लाख ५६ हजार भएकाे प्रतिवेदन प्रस्तुत



गाैरीगंज १५, कार्तिक / सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था गाैरीगंज सेवा केन्द्रकाे २५ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख आतिथ्यतामा गाैरादह नगरपालिका वार्ड नं. ८ स्थित प्रभुधाम सेवा सदनकाे सभा हलमा भएकाे वार्षिक साधारण सभामा आर्थिक वर्ष ०७८/७९ काे वार्षिक नीति कार्यक्रम र वजेट प्रस्तुत गरिएकाे थियाे ।
आईतवार संस्थाका सहसचिव ज्ञाननाथ मैनालीले सुखी नेपाली, समृद्व नेपालकाे नारालाई टेवा पुर्याउने गरि बनाईएकाे दिगाे विकास लक्ष्य प्राप्तीकाे वितिय अवस्था प्रतिवेदनमा हाल संस्थाकाे कुल बचत ८ अर्ब २३ कराेड ९४ लाख रहेकाे प्रस्तुत गरेका थिए । त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा संस्थाकाे शेयर पूँजी १ अर्ब ४६ कराेड ६५ लाख रूपैयाँ रहेकाे र हाल उत्त शेयर पूँजीलाई वृद्वि गरि १ अर्ब ६५ कराेड पुर्याईने प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकाे थियाे ।
संस्थाकाे हाल कुल बचत ८ अर्ब २३ कराेड ९४ लाख रहेकाेमा त्यसलाई चालू आर्थिक वर्षमा वृद्वि गरि ११ अर्ब ५० कराेड पुर्याउने याेजना रहेकाे जुन कुल सम्पतिमा बचतकाे ७१. ८७ प्रतिशत हुने संस्थाका सहसचिव मैनालीले प्रस्तुत गरेका थिए ।
त्यसैगरी सञ्चालक समिति सदस्य पदमलाल भट्टराईले आर्थिक बर्षमा कुल आम्दानी १ अर्ब ९१ कराेड र खर्च १ अर्ब ३१ कराेड गरि खुद नाफा ६० कराेड हुने बजेट प्रस्तुत गरेका थिए ।


साधारण सभामा आर्थिक वर्ष ०७८/७९ काे लागि वार्षिक नीति कार्यक्रम तथा बजेट अन्तर्गत रणनीतिक याेजनासहित एक खर्बकाे लक्ष्यसहित याेजना निर्माणका लागि विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिएकाे थियाे ।
शेयर लाभांस र संरक्षित पुँजी काेष वितरण, ब्याजमा सहुलियत, काेभिड सहायता कार्यक्रम, सामाजिक सुरक्षा याेजना अन्तरगत सदस्य पाेषण भत्ता कार्यक्रम, जेष्ठ सदस्य सम्मान भत्ता, दीर्घायु सदस्य भत्ता, एकल महिला भत्ता, एकल पुरूष भत्ता त्यसैगरी सदस्य संरक्षण याेजना अन्तर्गत भराेसा कार्यक्रम, हाैसला कार्यक्रम, स्मृति कार्यक्रम, आश्रय कार्यक्रम, परिवार राहत कार्यक्रम, स्वास्थ्य सेवा याेजना अन्तर्गत विपन्नलाई स्वास्थ्य बीमा, घरदैलाे स्वास्थ सेवा, सञ्जवनी कार्यक्रम, सिनियर सिटीजन हेल्थ केयर, वेलसन्टर स्थापना सुत्केरी पाेषण कार्यक्रम, पशुलाई सुत्केरी भत्ता, दशकर्म तथा वार्षिकी सुविधा, जेष्ठ नागरिक चाैतारी निर्माण, मेडिकल एजुकेशन सपाेर्टलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाकाे नीति कार्यक्रम तथा वजेटमा रहेकाे प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा सहारा नेपाल गाैरीगंज सेवाकेन्द्रका प्रमुख धर्मराज अधिकारीले गाैरीगंज सेवाकेन्द्रकाे प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सेवा केन्द्र गाैरीगंजका प्रमुख अधिकारीले आर्थिक वर्ष २०७७/७८ मा जम्मा बचत ७ कराेड १२ लाख, जम्मा शेयर १ कराेड, जम्मा ऋण लगानी १० कराेड र खुद नाफा ४१ लाख ५६ हजार भएकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालक समितिका सहसचिव ज्ञानुनाथ मैनालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाैरादह नगरपालिका वार्ड नं. ६ का वडा अध्यक्ष खड्गप्रसाद पराजुली, पत्रकार आत्माराम राजवंशी, चुडा बहादुर भुजेल, नन्दराज थापा, देवीमाया खतिवडालगायतकाे आतिथ्यता थियाे भने सेवा केन्द्रका सहयाेग समितिका संयाेजक भाेला खतिवडाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ०० बजे