४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज -१ का बाढी प्रभावितलाई एकका लागि एक अभियानद्वारा राहत वितरण



गाैरीगंज ७, कार्तिक / एकका लागि एक अभियानले गाैरीगंजका बाढी प्रभाबित ४० परिवारलाई राहत बितरण गरेको छ ।

कान्काई खोलाका कारण विस्थापित बनेका गौरीगञ्ज गाउँपालिका वडा नम्वर १ टप्पुवस्ती, धानगाढा, हाेकलवाडीका ४० परिवारलाई शनिवार राहत बितरण गरिएको हो ।
अभियानले प्रति परिवार २५ केजी चामल, एक लिटर तेल , एक केजी दाल, एक केजी नून, दुई केजी चिउरा, एक प्याकेट दालमोट, ४ केजी आलू, १० प्याकेट चाउचाउ सहित व्लाङ्केट, म्याट, बेडकभर, झुल,त्रिपाल , भाडा र कराई एक/एक थान, तीन/ तीन थान, गिलास र वटुका, डाडू र पुनिउ एक÷एक थान, वाल्टी एक थान र जग एक थान प्रदान गरिएको थियो । प्रति परिवारलाई ६ हजार रुपैयाँका दरले सहयोग सामग्री बितरण गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा पालिकाबाट एकद्वार प्रणाली अन्तरगत बाढी प्रभावित परिवारलाई राहत बितरण गरिएको हो । दमक ७ मा वडाअध्यक्ष भीम पौडेल र गौरीगञ्जमा पालिका अध्यक्ष बावुराजा श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र थापा, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले सहजीकरण गरेका थिए ।

राहत बितरण कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरी, अभियन्ताहरु लीला चिमरिया, गजेन्द्रवहादुर पौडेल, अर्जुनकुमार चुडाल, प्रमुम जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, प्रहरी उपरीक्षक सानुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो भने स्वागत गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : ४३ बजे