५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रपति विद्यादेबी भण्डारीको संसद विघटन कदम विरूद्व गाैरादहमा नेविसंघद्वारा मसाल जुलुस




गाैरीगंज ९, जेठ /
राष्ट्रपति विद्यादेवी भण्डारीकाे संसद विघटनकाे असंवैधानिक कदम विरूद्व गौरादहमा नेबि संघले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गरेको छ ।

 नेपाल विद्यार्थी  संघ गौरादह नगर समितिको आयोजनामा  राष्ट्रपतिको अलोकतान्त्रिक कदमको बिरोध गर्दै आज साझ मसाल जुलुस प्रदर्शन गरेको हो । 
बजारको मध्यभागबाट निस्किएको मसाल जुलुस सहितको र्यालीमा विद्यार्थीहरूले नाराबाजी समेत गरेका थिए ।
 जुलुस पश्चात्  बिरोध प्रदर्शन स्वरुप गौरादहको डिपुचोकमा बिरोध जनाउदै  विद्यार्थीहरूले नारावाजी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनकाे कदम खारेज गर्नुपर्ने माग गरेका थिए ।

नेपाल विद्यार्थी संघ गाैरादह नगर सभापति बाबुराम नेपालको नेतृत्वमा निकालिएको बिरोध जुलुसमा प्रदर्शनकारीलाई ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएकाे टोलीले हस्तक्षेेप  गरेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : ३५ बजे