१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकाको घाटा बजेट सार्वजनिक, वडाको सिलिङ्ग वजेट पनि बढेन



गौरीगंज १०, असार / गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गौरीगंज गाउँपालिकाको नवौं गाउँसभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ४६ करोड ३४ लाख ७४ हजार ३ सय ७० रुपैयाँको कुल वजेट आज सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न नवौं गाउँसभाको वजेट, नीति तथा कार्यक्रम घोषणा सभामा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले घाटा वजेट प्रस्तुत गरेका थिए । सभामा उपाध्यक्ष थापाले १ करोड ५८ लाख ७५ हजार ६ सय ३० रुपैयाँ घाटा वजेट प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल,वडा अध्यक्षहरु कार्तिकलाल राजवंशी, अघनुप्रसाद राजवंशी, मखना महतो, कुलप्रसाद गिरी, विजय प्रसाद सिंह गन्गाई, बद्रीनारायाण यादवलगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा कार्यालयका प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८मा ३ करोड ७९लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको थियो । गत वर्ष आर्थिक वर्ष२०७७ ÷७८ का लागि गाउँपालिकाको अनुमानित आय ४२ करोड ७२ लाख १३ हजार १ सय २० रुपैयाँ र ४६ करोड ५१ हजार ५० लाख रुपैयाँको अनुमानित व्यय निस्केपछि घाटा वजेट प्रस्तुत भएको थियो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ को लागि आर्थिक विकास अन्तर्गत कृषि विकास कार्यक्रममा ७५ लाख, पशु विकासमा ३५ लाख, पर्यटन विकासमा ५० लाख, सहकारी तथा वित्तिय क्षेत्रमा ५ लाख रुपैयाँ विनियोज गरेको छ भने शिक्षामा १ करोड, युवा तथा खेलकुदमा २० लाख, स्वास्थ्यमा १ करोड १० लाख, सस्कृति प्रबद्र्वनमा २८ लाख रुपैयाँ छुट्टाइएको छ ।
त्यसैगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत महिला विकासमा १० लाख, बालबालिका शर्षिकमा ५ लाख, जेष्ठ नागरिकमा ४ लाख रुपैयाँ, अपांगता ४ लाख, दलित शिर्षकमा ४ लाख, आदिवासी जनजाती शिर्षकमा ५ लाख, मधेशी मुस्लिम पिछडा वर्ग शिर्षकमा ४ लाख छुट्याएको छ ।
पुर्वाधार विकास अन्तर्गत सिंचाई संरचना निर्माणमा १५ लाख, सडक तथा पुल कल्भर्टमा २ करोड २५ लाख, भवन निर्माणमा १ करोड रुपैयाँ २५ लाख, सहरी विकास (बजार निर्माण) ५० लाख, विपन्न आवासमा ५० लाख, विद्युत विस्तारमा १९ लाख, नविकरणीय उर्जामा ५ लाख रुपैयाँ छुट्टाइएका छ भने वन वातावरण तथा विपद व्यवस्थापनमा ५३ लाख, सुशासन तथा संस्थागत क्षमता विकास शिर्षकमा ५० लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा झै वडा स्तरिय वजेटलाई निरन्तरता

गौरीगंज गाउँपालिकामा रहेको ६ वडा वडाहरुलाई अघिल्लो आर्थिक वर्षमा झै वडा स्तरिय वजेट छुट्टयाएको छ । आर्थिक वर्ष २०७८ ÷७९ मा वार्ड नं. १ लाई ८० लाख, वार्ड नं. २ लाई ७२ लाख, वार्ड नं. ३ लाई ६४ लाख, वार्ड नं. ४ लाई ६० लाख, वार्ड नं. ५ लाई ६० लाख र वार्ड नं. ६ लाई ६४ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।

मृत्तक परिवारलाई समवेदना पत्रसहित १० हजार रुपैयाँ दिने नीतिलाई निरन्तरता दिने भएको छ । दुःखको साथी भरोसा राखौं गाउँपालिका माथि भन्ने नाराका साथ गाउँपालिकाले गाउँपालिका भरी कुनै परिवारमा मृत्यु शोक परेकामा राहत स्वरुप काजक्रिया वापत परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ५ : ५४ बजे