४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाली युवक ब्राउनसुगरसहित भारतको फत्तेपुरमा पक्राउ



गौरीगंज ३, जेठ / भारतीय प्रहरीले हिजो ४ जान नेपाली युवकलाई पक्राउ गरेको छ । किसनगञ्ज जिल्ला फत्तेपुर थानाका भारतीय प्रहरीले भारतीय सीमा नजिक फत्तेपुर क्षेत्रबाट २५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको स्थानीयहरूले बताएका छन् । ती युवकहरूको पहिचान खुल्न सकेको छैन भने गौरादह नगरपालिका वार्ड नं. ६ दामुना क्षेत्रका हुन् सक्ने स्थानीयहरूको अनुमान छ । यस विषयमा किसनगंज जिल्लाका एसपी कुमार आसिसलाई पटक पटक सम्पर्क गरेर बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ४ : ०० बजे