१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेराेनाबाट पहिलाे पटक गाैरादहमा एक जनाकाे मृत्यु


१२ आश्विन २०७७, सोमबार  

0
Shares

गाैरादह १३, असोज / पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट झापा गाैरादहका १ जनासहित १० जनाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका वार्ड -१, का ५१ वर्षीय चुडामणी तिवारीको सोमबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालय तथा प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि ३ असोजमा अस्पताल भर्ना भएका उनमा मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या थियो ।

त्यहाँ उपचाररत रहेकै बेला यहि असोज ६ गते विराटनगरको कोशी अस्पतालको कोभिड ल्याबमा उहाँको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गौरादहमा हालसम्म ६ महिला र १६ पुरुष गरि २२ जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये, ६ महिला र १४ पुरुष गरि २० जना कोरोना संक्रमण मूक्त भएका छन् ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या देशभर ४८८ पुगेको छ ।

 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ५४ बजे