४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सीमानाका गाउँबाट चौपाया चोरी



गौरीगंज २९, वैशाख गौरीगंजमा गएराती चौपाया चोरी भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने मैनलाल यादवको ५ वटा चौपाया चोरी भएको हो । गएराती करिब २.३० बजे उनको गुहालीमा बाधी राखेको एक हल गोरु, एक वटा गाई र दुई वटा बाछी चोरी भएको उनले बताए ।
चोरी भएको चौपाया खोजी तलासी गरी पाउँ भनी उनले इलाका प्रहरी कार्यालय गौरीगंजमा किटानी जाहेरी दिएका छन् । उनको घर भारतीय सीमा नजिक छ । सीमा नाकामा आवतजावत बन्द भएको र बन्दाबन्दीको समयमा पनि चौपाया चोरी हुनु स्थानियवासी त्रसित भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : २१ बजे