११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंज -१ रंगियाथानकाेे कन्काई आर्यघाटमा मलामी विश्राम गृहकाे शिलान्यास


५ भाद्र २०७७, शुक्रबार  

0
Shares

 

गाैरीगंज ५, भाद्र / गाैरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाथान कन्काई आर्यघाटमा मलामी विश्राम गृहकाे शिलान्यास गरिएकाे छ ।
गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा र वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले संयुक्तरूपमा शिलान्यास शुक्रबार (हिजा) गरेका हुन् । गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे करिब ५ लाख रूपैयाँकाे लागतमा उत्त टहरा निर्माण गर्न लागिएकाे टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष मानसिंह राजवंशी छन् ।
स्थानिय समाजसेवी केशव भट्टराईले ११ कठ्ठा जग्गा मलामी विश्राम गृह निर्माणका लागि निशुल्क दान दिएका हुन् । समितिका सचिव डाेमनलाल राजवंशी र काेषाध्यक्षमा कैलाश राजवंशी छन् ।
अागामी अार्थिक वर्षमा उत्त टहरा निर्माणका लागि थप ४ लाख रूपैयाँ बजेट छुट्टयाएकाे वार्ड अध्यक्ष राजवंशीले बताएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १ : २० बजे