४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एमालेमा जिम्मेवारी बाँडफाँड, झापाकाे इन्चार्जमा हिक्मत कार्की


१० बैशाख २०७८, शुक्रबार  

0
Shares

दमक १०,  बैशाख/ नेकपा एमालेले नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ ।   शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले विभिन्न जिम्मेवारी तोकेको हो ।
अध्यक्ष केपी ओलीले पार्टी स्कुल विभागको प्रमुखको जिम्मेवारी लिएका छन् भने महासचिव इश्वर पोखरेलले केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटी इन्चार्जको जिम्मेवारी लिएका छन् ।

प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ । पार्टीको झापा जिल्ला इञ्चार्जमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जिम्मेवारी पाएका छन । यस अघि नेकपा हुँदा झापामा रविन कोइराला पार्टीका जिल्ला इञ्चार्ज थिए । उनी माधव नेपाल समुहमा छन । त्यसैगरी एमालेले स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई जिम्मेवारी दिएको छ ।
यस्तै, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा कमलप्रसाद चौलागाईं, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा खगराज अधिकारी, अनेरास्ववियु इन्चार्जमा खिमलाल भट्टराई, जनसांस्कृतिक महासंघ इन्चार्जमा खगेन्द्र राई, अखिल नेपाल महिला संघ इन्चार्जमा गोमा देवकोटा, श्रम तथा रोजगार विभाग प्रमुखमा गौरीशंकर चौधरी, संगठन विभागमा विष्णु पौडेल, निर्वाचन विभागमा विष्णु रिमाल, कानुन विभागमा शिवमाया तुम्वाहाम्फे, संसदीय विभागमा सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । युवासंघमा महेश बस्नेत र प्रेस चौतारीमा सूर्य थापा इन्चार्ज तोकिएका छन् ।
यस्तै, केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सांसद शेरबहादुर तामाङलाई दिएको छ । यसअघिका कार्यालय सचिव इश्वरी रिजाललाई भने स्कुल विभागका सचिवको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : १५ बजे