
गौरीगंज २२, कार्तिक / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले आफ्ना शेयर सदस्य परिवारलाई मानाचामल कार्यक्रम अन्तर्गत सम्बेदना पत्रसहित नगद ३० हजार रूपैयाँ प्रदान गरेको छ ।
सहारा नेपाल गौरीगंजले गाैरीगंज गाउँपालिका वार्ड नं. ५ खजुरगाछी घर भएकी लक्ष्मीदेवी ताजपरियालाई उक्त रकम शुक्रवार हस्तान्तरण गरेको हो ।
उनकी सासू आमा पुर्णसरी ताजपरियाकाे कार्तिक १२ गते असामयिक निधन भएको थियो ।
मृतक ताजपुरियाकाे परिवारलाई सेवा केन्द्र गौरीगंजले क्रिया खर्च वापत ३० हजार रुपैयाँ दिएकाे र १२ दिनकाे सुध्याई कार्यक्रम पश्चात् थप ३० हजार रूपैयाँ प्रदान गरिने सेवा केन्द्र गौरीगंजका प्रमुख धर्मराज अधिकारीले बताए ।
सहारा नेपाल साकाेस सेवा केन्द्रका शेयर सदस्यहरूका परिवारकाे मृत्यु भएमा कार्यालयले सामाजिक उत्तर दायित्व अनुरूप शाेकमा परेका परिवार सदस्यलाई ६० हजार रूपैयाँ अार्थिक सहयाेग गर्दै आएकाे छ।

त्यसैगरी गाैरादह नगरपालिका वार्ड नं. ५ बालुवथान घर भएकी संस्थाकी शेयर सदस्य मृतक गाेमादेवी निराैलाकाे परिवारलाई १ लाख रूपैयाँ प्रदान गरेकाे छ ।
निज मृतककी बुबा रत्न बहादुर निराैला र अामा नन्द कुमारी निराैलालाई सेवा केन्द्र गाैरीगंजका प्रमुख धर्मराज अधिकारीले उत्त रकम हस्तान्तरण गरेका थिए । उक्त रकम शेयर सदस्य परिवारकाे घरमै पुगेर रकम हस्तान्तरण गरिएकाे थियाे ।
सहारा नेपाल गाैरीगंज सेवा केन्द्रकि शेयर सदस्य गाेमादेवी निराैलाकाे भदाै ९ गते असामयिक निधन भएकाे थियाे ।
दुःखमा पुग्यो सहारा भन्ने सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले शाेकमा रहेकाे परिवारलाई आर्थिक सहयोग गरेको सेवा केन्द्र गौरीगंजका प्रमुख अधिकारीले बताए । राहत हस्तान्तरण कार्यक्रममा सहयाेग सञ्चालन समितिका सदस्य नन्दराज थापा र
गौरादाह सेवा केन्द्रकी प्रमुख दिलकुमारी राउतको समेत उपस्थित थियो ।









