१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

गाैरादह मेयर कप भलिबलकाे उपाधि झापा गाउँपालिकाले उचाल्याे


२२ माघ २०७७, बिहिबार  

0
Shares

गौरादह २२, माघ /झापाको गौरादहमा संचालन भएकाे मेयर कप भलिबलकाे उपाधि झापा गाउँपालिकाले उचालेकाे छ। बिहिवार सम्पन्न फाइनल खेलमा झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकालाई ३-२ काे सेटमा पराजित गर्दै उपाधिकाे रक्षा गरेकाे हाे।
उपाधिहात पार्न प्रयासरत रहेका दुबै टिमले दुई दुई सेटमा जित निकाले पनि अन्तिम सेटमा बिर्तामोड नगरपालिकाले लय गुमाउँदा झापासँग पराजित भएपछि उपबिजेतामै चित्त बुझाएकाे छ।
सेमिफाइनल खेलमा गौरादह नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेकाे बिर्तामोड नगरपालिकाकाे प्रथम पुरस्कार हातपार्ने दाउ झापा गाउँपालिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै बिफल बनाइदिएको छ।


सेमिफाइनल खेलमा दमकसँग संघर्षपूर्ण जित निकालेकाे झापा गाउँपलिका निकै कठिन संघर्षका साथ मेयर कपकाे उपाधि उचाल्न सफल भएकाे छ।जनता मा.बि. गौरादहकाे खेल मैदानमा सम्पन्न फाइनल खेलमा जितका लागि झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकालाई २२-२५, २५-२०, २५-२१,२२-२५ र १५-१२काे सेटमा पराजित गरेकाे छ। गौरादह नगरपालिका खेलकुद बिकास समितिकाे आयाेजनामा संचालन भएकाे अन्तरपालिका भलिबल प्रतियोगितामा प्रथम भएकाे झापा गाउँपालिकाले नगद १ लाख र दाेस्राे हुने बिर्तामोड नगरपालिकाले ५१ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेकाे खेलकुद बिकास समितिका अध्यक्ष हेमन्त कार्कीले जानकारी गराए। फाइनल खेल सुरु हुनु अगाडि गौरादह नगर खेलकुद बिकास समिति र बिजुली अफिस गौरादह बिच भएकाे मैत्रीपूर्ण भलिबल खेलमा खेलकुद बिकास समिति बिजय भएकाे छ।
गौरादह नगर खेलकुद विकाश समितिले झापा गाउँपालिकाका एकै परिवारका ३ जना भलिबल खेलाडी प्रज्वलराेशन,राेहित र रबिन सिवाकोटीका बुवा गाेपाल सिवाकोटी र आमा दुर्गा पौडेल सिवाकोटीलाई उत्कृष्ट भलिबल खेल खेल्न सक्ने ३ छाेराहरुकाे जन्म दिएकाे भन्दै सम्मान पत्र सहित दाेसल्ला ओढाई सम्मान गरेकाे छ।
फाइनल खेल समापन पछि खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएकाे थियाे। उत्कृष्ट सटरमा झापाका सागर भट्टराई,मेन अफ द म्याचमा बिर्तामोडका राेशन डाँगी, उत्कृष्ट स्ट्यकरमा बिर्तामोडका विमान खड्का,उत्कृष्ट बल्करमा झापाका चर्चित कटुवाल र म्यान अफ द सिरिजमा झापाका राेहित सिवाकोटी पुरस्कृत भए।
गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार शाहले युवाहरुलाई लगनशील, इमानदार र अनुशासित बनाउन स्थानीय सरकाले खेलकुद क्षेत्रमा बजेट बिनियाेजन गर्दै खेलकुदलाई प्राथमिकतामा राखेकाे बताए। कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह,नेपाली कांग्रेसका अनिलकृण प्रसाईं, नेकपाका मित्रदेब काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए। गौरादह नगर खेलकुद विकाश समितिका अध्यक्ष हेमन्त कार्कीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा खेलकुद बिकाश समिति सचिब निर्मल बाँस्तोलाले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  २ : १८ बजे