१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज क्षेत्र हप्ताको दुईदिन लकडाउन


१ भाद्र २०७७, सोमबार  

0
Shares

20200501_193651

गौरीगंज १, भाद्र / गौरीगंज गाउँपालिमा कोरोना भाइरसको महामारीलाई समुदायस्तरमा फैलन नदिन भोली (भाद्र २ गते) देखि लागु हुने गरी हप्ताको २ दिन लकडाउन गर्ने निर्णय भएको छ ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षमा आज बसेको वैठकमा हप्ताको २ दिन अर्थात शुक्रवार र शनिवार गौरीगंज क्षेत्र लकडाउन गर्ने निर्णय भएको हो ।
वैठकले भाद्र २ गतेदेखि भाद्र १५ गतेसम्म विहान ७ बजेदेखि दिउसो १२ बसेसम्ममा मात्र सवै प्रकारका पसलहरु खोल्न सक्ने निर्णय गरेको छ । साउन २५ गते गाउ“पालिकाको कोभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र ( सीसीएमसी) गरेको निर्णयलाई केहि परिमार्जन गरी औषधि पसलबाहेक शुक्रवार र शनिवार सबै गतिविधि गौरीगंज क्षेत्रमा बन्द रहने गाउ“पालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताए । गौरीगंज क्षेत्र भित्र रहेका वैंक, वित्तिय संस्थाहरुको हकमा सामाजिक दुरी कायम गरी सञ्चालन गर्ने र सार्वजनिक यातायातहरु भदौ १५ गतेसम्म बन्द गर्ने समेत निर्णय भएको छ ।
त्यसैगरी कोरोना भाइरसको महामारी छिमेकी स्थानियतहरुमा समुदायस्तरमा फैलिइसकेको अवस्थालाई मध्यनजर गर्दै गाउ“पालिकाको वार्ड कार्यालयहरुले जोखिम क्षेत्र यकिन गरी ३० देखि ५० जनासम्मको पीसीआर परिक्षणको व्यवस्था गर्ने वैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १० : १८ बजे