३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंजमा स्थानियतहमै पाठ्यक्रम विकास तथा निर्माण हुने कार्यकाे थालनी


२२ पुस २०७७, बुधबार  

0
Shares

 


गाैरीगंज २२, पुस / गाैरीगंजमा स्थानियतहमै पाठ्यक्रम विकास तथा निर्माण कार्यकाे शुरूवात भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे सभाहलमा स्थानिय पाठ्यक्रम विकास तथा निर्माण सम्बन्धि सुझाव संकलनकाे ३ दिने कार्यक्रम सम्पन्नसंगै विद्यालय तहमा पाठ्यक्रम निर्माण कार्यकाे शुरूवात भएकाे हाे ।
गाैरीगंज गाउँपालिका शिक्षा शाखाकाे अायाेजनामा पुस २० देखि २२ गतेसम्म भएकाे स्थानिय पाठ्यक्रम निर्माण प्रारम्भिक अध्ययन , छलफल तथा सुझाव संकलन पाठ्यक्रम विकास तथा निर्माणका लागि ३ दिने गाेष्ठीकाे सहजिकरण शिक्षाविद् अशाेक कुमार कालाखेतीले गरेका थिए ।
गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समिति संयाेजक दिपिन्द्र थापाकाे संयाेजकत्वमा ९ सदस्यीय पाठ्यक्रम विकास तथा निर्माण समन्वय समिति गठन भएकाे छ । समितिकाे सदस्य सचिवमा शिक्षा शाखा गाैरीगंजका अधिकृत सुशील दाहाल, सदस्यहरूमा गाेविन्द घिमिरे, भाेला खतिवडा, गाेपाल ताजपुरिया, ईन्द्रावती राजवंशी, कल्पना थापालगायत छन् । उनीहरूलाई हामी र हाम्राे स्थानिय तह, हाम्राे नैतिक मुल्यमान्यता, स्थानिय तहकाे भाषा, संस्कृति, रहनसहन र विपत्त तथा व्यवस्थापन विषयमा प्राम्भिक लेखन मसाैदाका लागि जिम्मेवारी दिएकाे शिक्षा शाखा प्रमुख सुशील दाहालले जानकारी दिएका छन् । स्थानिय अावश्यकता, स्थानिय विषयवस्तु, स्थानिय सहभागिता र विज्ञता, स्थानिय भाषा , संस्कृति, रहनसहन, पार्यावरण, याेगा तथा व्यायाम, भुगाेल, परम्परा, मुल्यमान्यतालगायतलाई ध्यानमा राखेर पाठ्यक्रम र पुस्तक तयार गरिने जनाईएकाे छ । सरकारले प्रत्येक स्थानियतहहरूमा अनिवार्य स्थानिय परिवेसमा पाठ्यक्रम विकास र निर्माण गर्न भनेपछि गाैरीगंजले यसकाे पुर्णताका लागि शुरूवात गरेबाे हाे । सरकारले प्रत्येक स्थानियतहलाई कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य स्थानिय पाठ्यक्रम विकास र निर्माण गर्न भनेकाे छ । पहिलाे चरणमा गाैरीगंज गाउँपालिकाले कक्षा १ देखि ५ सम्मलाई स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेकाे हाे । शिक्षा शाखा गाैरीगंजका अधिकृत केशव भट्टराईले स्थानियरूपमै चरणवद्व अावश्यक छलफल, विचार विमर्श र सुझाव संकलन गरी अावश्यताका अाधारमा मसाैदा लेखन समिति, विज्ञ समितिलगायत विषयगत समिति निर्माण गरिने छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ११ : ३६ बजे