१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह नगरपालिकाका ईन्जिनियर सचिन क्षेत्री विरूद्व किटानी जाहेरी


१३ आश्विन २०७६, सोमबार  

0
Shares

20190930_132405

गाैरादह १३, असाेज / समयमै भुक्तानी नदिएकाेे तनाव खेप्न नसकेर आफ्नाे बुबा धनविर राजवंशीकाे मृत्यु भएकाे भन्दै छाेरा सुर्य राजवंशीले गाैरादह नगरपालिकाका ईन्जिनियर सचिन क्षेत्रीकाे विरूद्व किटानी जाहेरी दिएका छन् ।
गाैरादह नगरपालिका वार्ड नं ८ वस्ने पिडित सुर्य राजवंशीले ईलाका प्रहरी कार्यालय गाैरादहमा किटानी जाहेरी दिन गएपनि प्रहरीले जाहेरी नलिए पछि ईलाका प्रहरी कार्यालय दमकमा दर्ता गराएका हुन् । ईन्जिनियर सचिन क्षेत्रीले समितिका अध्यक्ष मृतक राजवंशीलाई उपभोक्ता समितिकाेेेे कागजात नपुगेकाे, काम सम्पन्न नभएकाे र अन्य विल भाैचर अपुग रहेेकाे भन्द‌ैै पटक पटक नगरपालिकाबाट फर्काएकाेे जसकाे तनावका कारण राजवंशीकाेे मृत्युु भएकाे जाहेरीमा उल्लेख छ ।
स्थानियहरूले ५८ बर्षिय मृतक धनविर राजवंशीकाे लास नगरपालिका परिसरमा राखि आज विहानदेखि नै नारावाजी गर्दै प्रदर्शनमा उत्रेका छन् । स्थानीयहरूले दाेषीलाई कार्वाही गर, भ्रस्ट कर्मचारीलाई बरखास्त गर, पिडितलाई न्याय दे भन्दै नारावाजी गर्दै कार्यालय घेराउ गरेका थिए । मृतक राजवंशी गाैरादह नगरपालिका वार्ड नं ८ भुडिसिमल स्थित वैराती बजारमा सम्पन्न भएकाे टहरा निर्माणकाे भुत्तानी लिन हिजाे नगरपालिका गएका थिए । यसअघि उनी भुक्तानीका लागि पटक पटक नगरपालिका गएका थिए । नगरपालिकाले उत्त टहरा निर्माणका लागि आर्थिक वर्ष २०७५/७६ काे वजेटबाट ३ लाख रूपैयाँ छुट्याएकाे थियाे । करिब २ बजे तिर नगरपालिका गएका राजवंशी निजकाे अध्यक्षतामा बनेकाे उपभोक्ता समितिकाे फाईल भुक्तानीका लागि अघि नबढेपछि बाहिर गेटमा एक्कासी बाेमिट गरि बेहाेस भएकाे कार्यपालिका सदस्य पेक्ठु राजवंशीले बताए । बेहाेस भए लगतै उनलाई उपचारका लागि दमक अस्पताल पुर्याए पनि उपचार असम्भव भएपछि विराटनगर स्थित नाेवेल लगिएकाे थियाे । नाेवेल पुर्याए लगतै उनकाे मृत्यु भएकाे थियाे ।
मृतक राजवंशीकाे अध्यक्षतामा टहरा निर्माण समिति जेठकाे अन्तिम सातामा गठन भई असार महिनामै निर्माण कार्य सम्पन्न गरेेेेेकाे थियाे । गाैरादह नगरपालिका वार्ड नं ८ का अध्यक्ष भुमिराज पाेख्रेलले कार्य सम्पन्न गरेकाे सिफारिस वार्ड कार्यालयले असार २५ गते नै दिई नगरपालिकास्तरिय अनुगमन समितिले समेत अनुगमन गरि सकेकाे अवस्थामा कसरी भुक्तानी प्रक्रियामा ढिलासुस्ती भएकाे आफू अच्चमित रहेकाे बताए ।
विहान ११ बजे मृतक राजवंशीकाे लास नगरपालिका परिसर पुर्याए पछि नगरपालिकाकाे कार्यपालिका बैठक बसेकाे थियाे ।
कार्यपालिकाकाे बैठक करिब आधा घण्टा बसेकाे थियाे । बैठकमा तत्काल पिडितलाई बाेलाई सम्मानसहित उचित क्षतिपूर्ति दिने र छानविन समिति गठन गर्ने भनी अनाैपचारिक छलफल भए पनि याे सामाचार तयार पार्दा सम्म पिडित पक्षसंग छलफल भएकाे छैन । नगरपालिकाका ईन्जिनियर सचिन क्षेत्रीसंग याे विषयलाई लिएर सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।
ईन्जिनियर क्षेत्री नगरपालिकाले करारमा नियुक्ति गरेकाे कर्मचारी हुन् । गत नगरसभामा ईन्जिनियर सचिन क्षेत्रीलेे जनतामैत्री कार्य नगरेकाे भन्दै कार्यपालिका सदस्य कमल ढुंगानाले बाेल्दा उनलाई राेष्ट्रम घेराउ गरिएकाे थियाे । निज ईन्जिनियर क्षेत्रीलाई गत नगरसभाले थप ३ महिना करारमा राख्ने निर्णय गरेकाे कार्यपालिका सदस्य कमल ढुंगानाले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १ : ०६ बजे