१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमककाे सरस्वती माविमा नेविसंघको तालाबन्दी


२५ असार २०७७, बिहिबार  

0
Shares

received_1927162207426794

दमक २५, असार / दमक ९ स्थित सरस्वती माविको प्रधानाध्यापक कक्षमा आज नेपाल विद्यार्थी संघ झापाले आज तालाबन्दी गरेको छ ।
संघका जिल्ला नेतासहितको समुहले आज निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कक्ष बाहिर निकालेर तालाबन्दी गरेको हो ।
सो विद्यालयमा गत माघ ५ गतेदेखि तत्कालिन प्रधानाध्यापक गणेशकुमार पौडेलले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा राजनीतिकरण गर्दै निमित्त प्रधानाध्यापक तोकिएपछि सरोकारवालाहरुले आपत्ती जनाउँदै आएका थिए । शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ को परिच्छेद १७ नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयमा कार्यरत ज्येष्ठ शिक्षकलाई प्रअको जिम्मेवारी दिनुपर्नेमा सो व्यवस्थालाई कुल्चिदैं व्यवस्थापन समितिले नरबहादुर थापालाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि बाहिर आईरहेको हो ।
केही दिन अघि नेपाली कांग्रेस नगर समितिले सो बिषय लगायत समग्र शैक्षिक सरोकारका बिषयमा ध्यानाकर्षण गराउँदै नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको थियो । सो बिषयमा नगर शिक्षा समितिले सुनुवाई नगरेका कारण बाध्य भएर आफूहरुले तालाबन्दी गर्नुपरेको नेविसंघ झापाका उपसभापति भवानी काफ्लेले जानकारी दिनु भयो । तालाबन्दी गर्न उपसभापति काफ्लेसहित कोषाध्यक्ष नवराज ढकाल, जिल्ला सदस्यहरु सहदेव भट्टराई, नवराज न्यौपाने, मणि लिम्बु, आशिष लिम्बु, धिरज श्रेष्ठ, दमक क्याम्पस इकाई सभापति द्रोण दाहाल, विद्यार्थी नेता महेन्द्र भट्टराई लगायतको समुह बिहान ११ बजे विद्यालय पुगेको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ८ : ०४ बजे