४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राजवंशी समाज विकास समिति झापाकाे कार्यवाहक अध्यक्षमा दिनेश्वर राजवंशीलाई ताेकियाे


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज १९, मंसिर / राजवंशी समाज विकास समिति झापाकाे अध्यक्षमा दिनेश्वर राजवंशीलाई ताेकिएकाे छ ।
राजवंशी समाज विकास केन्द्रीय समितिले तत्कालिन अध्यक्ष पुकार चन्द्र राजवंशीलाई कार्वाही गरि पदबाट हटाईएपछि विधान बमाेजिम समितिकाे अध्यक्षमा दिनेश्वर राजवंशीलाई ताेकिएकाे हाे ।
राजवंशी समाज विकास समिति झापाका उपाध्यक्ष दिनेश्वर राजवंशीकाे अध्यक्षतामा बहुमत सदस्यहरूकाे आज बसेकाे बैठकले केन्द्रीय समितिकाे निर्णयलाई स्विकृत गरि विधान बमाेजिम रित्त रहेकाे अध्यक्ष पदमा दिनेश्वर राजवंशीलाई कार्यवाहक दिईएकाे समितिका सचिव मुनिलाल राजवंशीले जनाएका छन् ।
बैठक पश्चात् समितिले एक विज्ञप्ति प्रकाशित गरि समितिकाे विधान २०५० काे केन्द्रकाे महाधिवेशन २०७५ द्वारा संसाेधित विधानकाे धारा २८ काे ४ ( त) बमाेजिम संस्थाकाे हित विपरित हुने कार्य गरेकाेले कार्वाही गरि अध्यक्ष पद रित्त रहेकाे र उत्त पदमा विधान बमाेजिम संस्थाका उपाध्यक्ष दिनेश्वर राजवंशीलाई अध्यक्षमा पदस्थापन गरिएकाे समितिकाे निर्णय पुस्तिकामा उल्लेख छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  २ : ५३ बजे