३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

विहारमा एनडीएकाे जीत, प्रधानमन्त्री माेदीले दिए बधाई


२६ कार्तिक २०७७, बुधबार  

0
Shares

गाैरीगंज २६, कार्तिक / बिहार विधानसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ । चुनाव आयोगकाे वेबसाइटमा उपलब्ध भएकाे मतपरिणाम अनुसार २४३ विधानसभा सिट मध्ये एनडीएले १२५ सिट जितेकाे छ । जुन सरकार बनाउने जनादेश मिलेकाे छ ।

बिहारमा सरकार बनाउनका लागि १२२ सिटको बहुमत आबश्यक हुन्छ । एनडीएले १२५ सिटं जितेको छ । एनडीएलाई टक्कर महागठबन्धनलाई ११० सिट हासिल भएको छ । जेडीयूलाई ४३ सिटं मिलेको छ ।


प्रधानमंत्री नरेंद्र मोदीले ट्वीट गर्दै भनेका छन् , ”बिहार के गांव-गरीब, किसान-श्रमिक, व्यापारी-दुकानदार, हर वर्ग ने NDA के ‘सबका साथ, सबका विकास, सबका विश्वास’ के मूल मंत्र पर भरोसा ।
मैं बिहार के हर नागरिक को फिर आश्वस्त करता हूं कि हर व्यक्ति, हर क्षेत्र के संतुलित विकास के लिए हम पूरे समर्पण से निरंतर काम करते रहेंगे।”


त्यस्तै सांसद असदुद्दीनओवैसीको पार्टी अल इंन्डिया मजलिस—ए—इत्तेहादुल मुस्लिमीनले राम्रो प्रदर्शन गर्दै पाँंच सिट जितेको छ । बहुजन समाज पार्टीले पनि एक सिटमा जित हासिल गरेको छ । एक सिट स्वतन्त्रले जितेका छन् ।
महागठबन्धनको अगुवाई गर्ने पार्टी राष्ट्रीय जनता दल (आरजेडी) ८० सिटकासाथ सबैभन्दा ठूलो पार्टी बनेको छ । भारतीय जनता पार्टी (बीजेपी)ले पनि वर्चस्व कायम राख्दै ७४ सिटका साथ दोस्रो स्थान पाएको छ । गत चुनावमा आरजेडीले ८० र बीजेपीले ५३ सिट जितेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १२ : १७ बजे