३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंज – १ काे मुख्य सडकमा सडक बत्ती जडान भएपछि झलमल्ल


७ कार्तिक २०७७, शुक्रबार  

0
Shares

गौरीगंज ७, कार्तिक / गौरीगंज गाउँपालिका वार्ड नं. १ को कार्यालयले वडा भित्रका विभिन्न स्थानमा सडक वत्ती जडान गरेको छ ।
वडा कार्यालयको सिलिङ्ग वजेटमध्ये ४ लाख ५० हजार रुपैयाँबाट वडा भित्रका मुख्य सडकहरुमा सडक वत्ती जडान गरिएको हो ।
सडक वत्ती जडान भएपछि कुञ्जिवारी, महाभारालगायतका स्थानहरुको सडक झलमल्ल भएको छ । चाडपर्वको मुखमै सडक वत्ती भएपछि वडा भित्र रातको समयमा पनि निडर हिडडुल गर्न सजिलो भएको छ भने चोरी लगायत अपाराधिक गतिविधिमा पनि कमि आउने वडावासीहरु बताउँछन् । वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले नेपालीहरुको महान पर्व एकपछि अर्को आउने क्रम शुरु भएपछि वडावासीलाई रातको समयमापनि सहजरुपमा हिडडुल गर्न सजिलो हुने र शान्तिसुरक्षाको हिसाबले पनि सडकवत्तीले सहयोग पुर्याउने बताए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  २ : ०६ बजे