७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

गाैरीगंजकाे प्रमुख प्रशासकिय अधिकृतमा राजु दाहाल, प्रविन दाहाललाई विदाई


२४ भाद्र २०७७, बुधबार  

0
Shares

 

बायाँबाट प्रविन दाहाल र राजु दाहाल

गाैरीगंज २४, भदाै / गाैरीगंज गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा राजु दाहाल आएका छन् ।
ईलाका प्रशासन कार्यालय गाैरीगंजमा प्रमुखकाे रूपमा कार्यरत दाहाल सरूवा भएर गाैरीगंज गाउँपालिमा प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा आज आएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत दाहाललाई गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपीन्द्र थापा, कार्यपालिका सदस्य राधा अधिकारी, कर्मचारीलगायत उपस्थित जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।

त्यसैगरी गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविन दाहाललाई विदाई गरिएकाे छ ।
उनी हल्दिवारी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा जिम्मेवारी सम्हाल्दै छन् ।
गाैरीगंज गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत दाहालबीच उत्पन्न विवाद हल नभई दाहाललाई रवाना दिईएकाे छ । दाहालकाे विदाईमा वार्ड नं. ६ वटै वडाका अध्यक्षसहित बहुमत सदस्यहरू उपस्थित भएनन् । गाउँपालिकाकाले विदाई कार्यक्रममा उपस्थित हुन वडा अध्यक्षहरूसहित कार्यपालिका सदस्य र सबै वडा सदस्यहरूलाई माेवाईल मेसेञ्जरमार्फत सुचना गरेकाे थियाे । तर समस्याको हल नहुदै प्रशासकिय अधिकृतकाे विदाई गर्नु जनप्रतिनिधिहरूलाई पेलेर रवाना लिनु सरह हाे एक वडा अध्यक्षले बताए । गाउँपालिकाकाे अान्तरिक हरहिसाब बुझबुझारक नगरी नगराई प्रशासकिय अधिकृत दाहालले रवाना लिनु गाउँपालिकाप्रति जवाफदेहिता नभएकाे वडा अध्यक्षहरूले आराेप लगाएका छन् ।

 

 

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ५२ बजे